थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
पश्चिमाको नक्कल गरेर दुई पार्टी सिस्टम ल्याउन खोजिए त्यसको विरोधमा उत्रिने चेतावनी दिए। अध्यक्ष दाहाल
पश्चिमाको नक्कल गरेर दुई पार्टी सिस्टम ल्याउन खोजिए त्यसको विरोधमा उत्रिने चेतावनी दिए। अध्यक्ष दाहाल
थाङ्मीचागु डटकम सम्बादाता
साउन २१, २०८१ सोमबार
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमाले नेतृत्वको सरकारले पश्चिमा डेमोक्रेसीको नक्कल गर्न खोजेको आरोप लगाएका छन्। विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पश्चिमाको नक्कल गरेर दुई पार्टी सिस्टम ल्याउन खोजिए त्यसको विरोधमा उत्रिने चेतावनी दिए।
उनले दुई पार्टी सिस्टमको नाममा जनताले पाएको समावेशीताको अधिकार कटौती गर्न नमिल्ने बताए। ‘हामी संविधान संशोधनको विरोधी होइन। प्राप्त उपलब्धिलाई टेकेर जनतालाई अझ बढी अधिकार दिनलाई संविधान संशोधनको पक्षमा छौं,’ उनले भने, ‘तर उनीहरू (कांग्रेस-एमाले) पश्चिमा डेमोक्रेसीको नक्कल गरेर दुई पार्टी सिस्टम ल्याउन खोजेका छन्। त्यसको हामी विरोध गर्छौं।’
उनले निर्वाचन प्रणाली सुधार गर्नुपर्ने आवश्यकता भए पनि सरकार र माओवादीको विचार १८० डिग्रीले फरक रहेको बताए। ‘निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ भन्ने हामीलाई पनि छ। तर जनताको अधिकार खोसेर होइन। हामीजस्ता देशका लागि अझ बढी समानुपातिक र समावेशिता बनाउनुपर्छ,’ उनले भने।
अध्यक्ष दाहालले दुई पार्टी मिलेरमात्र संविधान संशोधन गर्न नसक्ने बताए। ‘संविधानतः र कानुनतः पनि संविधान संशोधन हुने देख्दिनँ। यसको तात्विक अर्थ पनि छैन। तर, सरकारले यो दुस्साहस गरेको छ। समानुपातिक अधिकार कटौती गरिए भने जनतालाई सैह्य हुँदैन। संविधान मिच्न खोज्दा जसरी विगतमा प्रतिकार गरेका थियौं। त्यसरी अहिले पनि गर्छौं। हाम्रो जोड समावेशीतातर्फ नै छ,’ उनले भने।
त्यस्तै लेखा समितिमा अर्बौं रकमको चलखेल सरकारले गरेको उनको आरोप छ। ‘लेखा समितिमा जे भयो त्यसमा धेरै कुरा भन्न नलगाउनुस्। यो सरकार दालको पक्षमा लागेको छ। राज्यको अर्बौं पैसामा चलखेल गर्ने दुस्साहस यो सरकारले नगरोस्,’ उनले चेतावनी दिए।




