यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
पत्रकार चेतन पन्तको निधन
पत्रकार चेतन पन्तको निधन
थाङमिचागु डटकम संवाददाता

पत्रकार चेतन पन्तको दु:खद निधन, आज भैरहवामा अन्त्येष्टि गरिने
तिलोत्तमा । साउन २१ गते । यस क्षेत्रका अग्रज पत्रकार चेतन पन्तको आइतबार राती ९ः१० बजे निधन भएको छ । विगत २ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पन्तको सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि उनी पत्रकारिता क्षेत्रमा क्रियाशिल पन्त विशेष गरी बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसारमा लागेका थिए ।
लुम्बिनीको पर्यटन प्रर्वद्धनमा योगदान पुर्याउँदै आएका पन्त देशमा मात्रै हाेईन विदेशमा पनि प्रचारक बनेर हिडेका थिए। समाचार, लेखसँगै देश-विदेशमा गएर शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विषयमा जानकारी गराउने, फोटो/भीडियो प्रदर्शनी गर्ने, पर्यटकलाई लुम्बिनी/नेपाल भ्रमणको निम्तो दिने लगायतका कार्यहरु मार्फत पर्यटन प्रर्वद्धनका लागि अभियान नै चलाएका अभियन्ता थिए ।
भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराउदै क्यान्सर विरुद्ध लडेका पन्तकाे ६६ वर्षको उमेरमा निधन भएकाे हो। उनकाे निधनले भैरहवा मात्रै हाेईन यस क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
निधनले पत्रकारिता जगतसँगै भैरहवा क्षेत्र शोकमग्न भएको छ । पत्रकार, उधोगी, व्यवसायी, नेता, सामाजिक अभियान्ता, विधार्थीलगायतले निधनप्रति दु:ख व्यक्त गरेका छन् । सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँले पत्रकार पन्तको निधनप्रति दु:ख व्यक्त गर्दै उनको निधनले सिद्धार्थनगर नगरपालिकासँगै देशलाई अपूरणीय क्षति पुगेको बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले निधनप्रति दु:ख व्यक्त गर्दै पत्रकार पन्तको निधनले पत्रकारिता जगतले एक योग्य, अनुभवी र एकजना मूर्धन्य व्यक्तित्व गुमाएकोले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइन् ।





