राति पनि तीव्र गतिमा आरुघाट पुलमा बेलिब्रिज जडान सञ्चालनको तयारी
2026-10-18गाईवस्तुको दानामा प्रयोग हुने चोकर भेटिएपछि प्रियागोल्ड बिस्कुट नेपालमा प्रतिबन्धित
2026-10-18
Monday, October 19, 2026
गुडिरहेको माइक्रोमाथि रूख ढल्दा नौ जना घाइते
गुडिरहेको माइक्रोमाथि रूख ढल्दा नौ जना घाइते
थाङमिचागु डटकम संवाददाता

मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् ।
धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
‘घाइते सबै खतरामुक्त रहेका छन्’, प्रहरी नायब उपरीक्षक मिश्रले भने। रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुईतर्फी अवरूद्ध बनेको थियो । अहिले दुईतफीरुपमा यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ ।





