राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ।

0Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ।

थाङ्मीचागु डटकम संवाददाता
काठमाडौं, साउन १८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ।

रास्वपाले गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा. मुकुल ढकाललाई निलम्बन गरेको थियो। यसपछि असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासनात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्त गरेको थियो। बिहीबार रास्वपाले आयोगलाई केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको हो।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम राजनैतिक दल सम्बन्धी विवरण हेरफेरको जानकारी ३० दिनभित्र निर्वाचन आयोगलाई बुझाउनुपर्ने व्यवस्था छ। यसैबमोजिम रास्वपाले एक महिना पुग्नु अगावै विवरण हेरफेरको जानकारी आयोगलाई बुझाएको हो।

रास्वपाले रिक्त महामन्त्रीको पदको जिम्मेवारी कार्यवाहक महामन्त्रीको रूपमा सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलाई दिएको छ।

त्यस्तै रिक्त प्रवक्ताको जिम्मेवारी कार्यवाहक प्रवक्ताका रूपमा सहप्रवक्ता एवं सांसद मनीष झालाई दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *