सर्जक तथा श्रष्ठा कामैतको निधन ।।।

0Shares

सर्जक तथा श्रष्ठा कामैतको निधन ।।।

थाङ्मीचागु डटकम सम्बादाता

२०८१ -०४- १७ । नेपाली सांगीतिक आकाशका धरोहर तथा संगीत सिर्जनाका प्रखर श्रष्टा गुरुदेव कामतको निधन भएको छ ।

शास्त्रीय संगीतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्याती प्राप्त गरेका लोकप्रिय संगीतकार तथा गायककार कामात सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं २, पोखरभिण्डा निवासी हुन ।

विक्रम सम्वत २०१२ शाल साउन १७ गते पर्सा पोखरभिण्डा गाउँमा जन्मनु भएका कामतको निधन साउन १७ गते (जन्मदिन) ६९ वर्षको उमेरमा आज बिहान ७:३० बजेको समयमा भएको हो ।

तबला बाधक तथा शास्त्रीय सगितका वरिष्ठ गायक एबम गुरुकुल पाठ्शालाका संचालक समेत रहेका गुरुदेब कामतले करिब पाँच दशकदेखि सांगीतिक क्षेत्रमा योगदान गर्दै आउनु भएको थियों ।

अचानक दुबै मृगौला फेल भए पछि काठमाडौको महगो उपचार खर्चको अभावमा सिरहाको लहानमा डायलोसिस गराउँदै आउनु भएको थियो ।

उनको उपचारका लागि राज्य र सम्बन्धित निकायलाई बारम्बार हार गुहार गर्दा पनि कतैबाट ठोस सहयोग कामतले प्राप्त गर्न सकेनन् । रास्ट्रको लागी उनले गरेका योगदान अविस्मरणीय छ । उनको निधनले सिराहाबासी मात्र नभएर सांगीतिक जगत स्तब्ध बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *