हलिउड स्टुडियो स्काइ डान्सले ८ बिलियन डलरमा प्यारामाउण्ट किन्यो

0Shares

हलिउड स्टुडियो स्काइ डान्सले ८ बिलियन डलरमा प्यारामाउण्ट किन्यो

थाङमिचागु डटकम संवाददाता

काठमाडौं । दुई ठूला हलिउड स्टुडियो स्काइ डान्स मिडिया र प्यारामाउण्ट ग्लोबलबीच मर्जरको सम्झौता भएको छ । भेराइटीका अनुसार स्काइ डान्सले ८ बिलियन डलरमा अर्को स्टुडियो प्यारामाउण्ट किनेको छ ।

यो सम्झौतापछि अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा स्काइडान्सका डेभिड एलिसन हुनेछन् भने युनिभर्सलका पूर्व सीइओ जेफ सेलले प्रशासकीय नेतृत्व गर्नेछन् ।

हलिउडका यी दुई ठूला स्टुडियोबीच मर्जरका लागि केही सातादेखि तयारी चलिरहेको थियो । सम्झौताअनुसार स्काइडान्स र यसका साझेदारले कम्पनीलाई पुनजीर्वित गर्ने प्रयासमा ८ बिलियन डलरभन्दा बढी लगानी गर्नेछन् ।

सम्झौतापछि यी दुई स्टुडियोको कूल पुँजी २८ बिलियन डलर पुगेको छ । स्काइ डान्स आफ्नो मूल्य ४.७५ बिलियन डलर छ । तर, सम्झौताको पूर्ण कार्यान्वयन सन् २०२५ को मध्यसम्म हुने जनाइएको छ ।

फिल्म निर्माण र वित्तिय कम्पनीको रुपमा एलिसनले सन् २०१० मा स्काइ डान्सको स्थापना गरेका थिए । अहिले टेलिभिजन कार्यक्रम र गेमिङको निर्माणमा पनि यसको संलग्नता छ ।

‘सन् १९८७ मा मेरो बुवा समर रेडस्टोनले भायकम कम्पनीलाई अधिग्रहण गर्दै कम्पनीको विस्तार गर्नुभयो’ सारी रेडस्टोनले आइतबार बेलुका मर्जरको घोषणा गर्दै भनेका छन्, ‘कन्टेन्ट इज किङ भन्ने उहाँको दर्शन थियो । विश्वभरका सबै दर्शकलाई उत्कृष्ट सामग्री प्रदान गर्न उहाँ सँधै प्रतिबद्ध हुनुहुन्थ्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *