पहिरोले विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध

0Shares

पहिरोले विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध

थाङमिचागु डटकम संवाददाता

अविरल वर्षाका कारण सिन्धुलीमा पहिरो जाँदा विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ।

शनिबार बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाडस्थित पहिरो खस्दा विपी राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए।

त्यस्तै गोलन्जोर गाउँपालिका-६ अक्करेभीरमा सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ।

डिएसपी खड्काका अनुसार पहिरोका कारण सवारी साधन दुइतर्फी नै बन्द भएका छन्।

पहिरोमा फसेका सवारी साधनहरूलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको र स्थानीय तहहरूसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको डिएसपी खड्काले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *