धनगढीमा राष्ट्रिय बालचलचित्र महोत्सव

0Shares

धनगढीमा राष्ट्रिय बालचलचित्र महोत्सव

थाङमिचागु डटकम संवाददाता

चलचित्र विकास बोर्डले सुदूरपश्चिम प्रदेशको धनगढीमा राष्ट्रिय बालचलचित्र महोत्सव आयोजना गरेको छ । शुक्रबारदेखि भएको महोत्सव आइतबार सकिएको थियो ।

महोत्सवको उद्घाटन समारोहमा स्थानीय लोक संस्कृति, झाँकी, नृत्य तथा बालबालिकाहरुको प्रतिभा प्रस्तुति राखिएको थियो भने विभूता सिटौला निर्देशित बाल चलचित्र शिलाबाला प्रदर्शन गरिएको थियो ।

३ दिनसम्म चलेको महोत्सवमा १ दर्जन बढी बाल चलचित्रहरु प्रदर्शन गरिएको थियो । चलचित्र विकास बोर्डले प्रशिक्षित गरेका बालबालिकाहरुद्वारा निर्माण गरिएका चलचित्रहरु पनि महोत्सव प्रदर्शन गरिएको थियो ।

महोत्सवमा बोर्ड अध्यक्ष भुवन केसीले बालबालिकासँग भुवन केसी कार्यक्रममा आफ्नो चलचित्र यात्राबारे बालबालिकासँग संवाद तथा अन्तरक्रिया गरेका थिए । बालबालिका, चलचित्रकर्मी, शिक्षक तथा अभिभावकसँग चलचित्रमा बालबालिकाका कुरा विषयक अन्तरक्रिया गरिएको थियो ।

महोत्सव संयोजक तथा बोर्ड प्रवक्ता केएल बुढाथोकीका अनुसार महोत्सवमा चलचित्र निर्माण कार्यशाला मेरो कथा मेरो चलचित्र पनि गरिएको थियो । जसमा २१ जना बालबालिकाले प्रशिक्षण लिएका थिए ।

चलचित्र सम्बन्धी फोटो प्रदर्शनी महोत्सव पनि गरिएको उनले जानकारी दिए । बोर्डले गत वर्ष दाङमा प्रहिलो बाल चलचित्र महोत्सव आयोजना गरेको थियो ।

बाल चलचित्र महोत्सव

Leave a Reply

Your email address will not be published. Required fields are marked *