रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21धनुषाको सतलोक आश्रममा २१ जोडीको दाइजोमुक्त सामूहिक विवाह
धनुषाको सतलोक आश्रममा २१ जोडीको दाइजोमुक्त सामूहिक विवाह
थाङमिचागु डटकम संवाददाता
८ असार, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा २१ जोडीको दाइजोमुक्त एवम् अन्तरजातीय सामूहिक विवाह सम्पन्न भएको छ ।
धनुषाको मिथिला नगरपालिका-२ बेलाचापीस्थित शन्त रामपालको सतलोक आश्रममा ६२७औं प्रकट दिवसको अवसरमा शुक्रबार २१ जोडीको सामूहिक विवाह भएको हो ।
गुरुवाणीद्वारा तेत्तिस करोड देवीदेवताहरुको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमै उनीहरुको विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिए ।
विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ ।
यस वर्ष पनि कवीर साहेबको सशरीर प्राकट दिवस तीन दिवसीय रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
गत बिहीबारदेखि चलिरहेको कार्यक्रममा चलिरहेको प्रकट दिवसमा मधेशकम मुख्यमन्त्री सतिसकुमार सिंह, सभामुख रामचन्द्र मण्डल लगायत सहभागी भएका थिए ।