भवनलाई वनमाराले घेर्दासम्म निकाय बेखबर ।।।

0Shares

भवनलाई वनमाराले घेर्दासम्म निकाय बेखबर ।।।

थाङ्मीचागु डटकम सम्बादाता

विनोद मण्डल, जेठ १५ । सिरहाको धनगढीमाई वडा नं १३ खजनपुरिया बस्तीमा रहेको भौतिक संरचना अन्तर्गत सरकारले निर्माण गरेको घरहरुलाई वनमाराले घेरेको अवस्था छ ।

धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकाको सिमानाको रूपमा परिचित उक्त बस्तिभित्र दक्षिण तर्फ सडकको पूर्व तर्फ बनाइएको पक्की घरहरु संरक्षणको अभावमा अलपत्र अवस्थामा रहेको देखिन्छ ।

घर परिसरको मुख्य प्रवेश स्थानमा कालो पाईप् जथाभावी राखिएको छ भने परिसरको मुख्य घरमा विद्युत तार खुल्ला छोडी गाई गोरु लाई खुवाउनका लागि परालको टुक्रा (कुटी) राखिएको छ ।

शौचालय छेउमा विद्युतको तार फालिएको अवस्थामा रहेको देखिन्छ ।

६ भवनको छुट्टा छुट्टै क्षेत्र रहेको उक्त ठाउँमा करिब १५ कोठामा यतिबेला दाउरा राखिएको छ ।

उत्तर तर्फको भवनलाई चारैतिर वनमारा घारीले घेरेको कारण भवनको ढोका घेरिएको छ ।

घर कसले बनाएको हो भन्ने बारे केही नखुले पनि विगतमा उक्त बस्तीमा लागेको आगोको कारण अग्नि पीडितको लागि निर्माण गरिएको भनिएता पनि हालसम्म ठोस पहिचान हुन भने बाकी भएकोले तत्काल उक्त भवनको अवस्था बारेमा धनगढीमाई नगरपालिका गम्भीर हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *