यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे आचारसंहिता उल्लंघन गरी मतदान ।।।
रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे आचारसंहिता उल्लंघन गरी मतदान
थाङ्मीचागु डटकम संवाददाता
मतदान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बू।
प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा आज ( शनिबार) मतदान भइरहेको छ।
बिहान सात बजे सुरु भएको मतदानमा साढे १० बजेसम्ममा २० प्रतिशत मतदाताले मताधिकार प्रयोग गरिसकेका छन।
शनिबार मतदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेरै मतदान गरेका छन्।
निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिन्ह अंकित पोशाक वा ब्याज लगाउन पाइन्न। तर, रास्वपा उम्मेदवार लिम्बूले भने आफ्नो चुनाव चिह्न घन्टी अंकित भएको ब्याज लगाएरै मतदान गरेका थिए।
शनिबार बिहान माङसेबुङ-२ स्थित जनताकल्याण आवासीय विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा पहिलो मतदान गरेका लिम्बुले घन्टी चिन्ह अङ्कित ब्याज लगाएरै मतदान गरेका हुन्।





