यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
Saturday, April 25, 2026
इलाममा मतदान केन्द्रभित्र एक्जिट पोल गरेको भन्दै प्रहरीले जफत गर्यो सामग्री ।।।
इलाममा मतदान केन्द्रभित्र एक्जिट पोल गरेको भन्दै प्रहरीले जफत गर्यो सामग्री
थाङ्मीचागु डटकम सम्बादाता
२०८१ वैशाख १५
१५ वैशाख, इलाम । इलाम- २ मा जारी उपनिर्वाचनमा मतदान केन्द्रभित्रै एक्जिट पोल गराएको भन्दै प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ ।
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नमुना मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।
नमुना पेटिका जफत गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
तर सन्चालकले एक्जिट पोलको विधिबारे स्पष्ट पार्दै यो आम चुनावी प्रचलन नै भएको बताएका छन् । अहिले मतदाताको गोपनीयता कायम गर्दै एक्जिट पोल सर्भे पुनः चलिरहेको छ।





