यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
लाहान जेसीजद्धारा एक दिने ब्यबहारिक तालिम सम्पन्न ।।।
लाहान जेसीजद्धारा एक दिने ब्यबहारिक तालिम सम्पन्न ।।।
थाङ्मी चागु डट कम संवाददाता
“जेसी उमेश यादवको लाहान नगर क्षेत्रमा सक्रियता आत्म बलदेखि ब्यबहारिक तालिंसम्म लागातार अग्रता “
विनोद मण्डल, फाल्गुन २७ । जेसीज लाहानद्वारा लगातार सामाजिक कार्यहरू क्रमिक रूपमा अगाडि बढेसँगै ब्यबहारिक तालिमको कार्य पनि अगाडि बढाएको अवस्था रहेको देखिन्छ ।

मानवले मानविय आस्था कायम गर्दै जीवनमा सन्तुलन कायम गरे भने दुःखका भारी पोकाहरु हराएर जाने अवस्थामा सुन्दर जीवनसँगै सुन्दर परिवारको कल्पना हेतु वर्तमान समयलाई ब्यबहारिक रूपमा ब्यबस्थापनका लागि जेसीज लाहानले एक दिने तालिम सम्पन्न गरेको बताईएको छ ।
वर्तमान समाजमा युवा युवतीहरु कुलतमा फस्दै पैसाको पछि आफ्नै गतिमा हिँडिरहेको समाजलाई पैशा नै सबै कुरा नभएको बुझाउनका निम्ति एक दिने ब्यबहारिक तालिम सम्पन्न गरिएको छ ।
लहानमा आयोजित तालिममा सहभागीलाई आजभोलिको संसारमा सामाजिक सञ्जालको दुरुपयोग हुनबाट कसरी रोक्न सकिन्छ भन्ने विषयमा समेत चर्चा गरिएको अवस्था रहेको छ ।
लगातार सामाजिक सेवामा अग्रता लिएका जेसी उमेश यादवले दुरदर्शिता कायम गर्दै लाहान सिटी जेसीजको कार्यक्रमलाई निरन्तरता दिएपछि यति जेसीजको कार्यहरूलाई सामाजिक रूपमा सकारात्मक नजरले हेर्न थालिएको छ ।
लहानको होटल सम्राट इनको सभा हलमा आयोजित तालिम कार्यक्रममा जेसीज लहानका पधाधिकारी सहित आमन्त्रित अथिती गणको सहभागिता रहेको थियो ।





