त्रिशूलीमा बस दुर्घटना ।।।

0Shares

त्रिशूलीमा बस दुर्घटना ।।।

थाङ्मीचागु डटकम सम्बादाता

विनोद मण्डल, फाल्गुन २३ । पृथ्वी राजमार्ग अन्तर्गत कपिलवस्तुबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना भएको छ ।

लुम्बिनीको पडरियादेखि काठमाण्डौ जाँदै गरेको 2121 नम्बरको बस आज बिहान करिब ४ बजेको समयमा त्रिशुली स्थित धादिङ खोलामा दुर्घटना भएको थियो ।

बस धादिङ्गको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित दुर्घटना भएको थियो ।

बस अनियन्त्रित भई त्रिशुली नदीमा खस्दा ४ जनाको घटनास्थलमा मृत्यु भएको बताईएको छ ।

घटनास्थलमा शस्त्र प्रहरी वल नेपाल विपत व्यवस्थापन सुरुक्षा बेस आदमघाट , नेपाली सेना , स्थानीय तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली उद्धार कार्यमा खटेको अवस्था रहेको छ ।

बस चालक रुपन्देही जिल्लाको लुम्बिनी सास्कृतिक नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

करिब ३३ जनालाई स्थानिय गजुरी अस्पतालमा उपचारको लागि पठाइएको अवस्था रहेको छ भने गाडीमा ५० जना सवारको अनुमान गरिएको छ । दुर्घटनामा परेको व्यक्तिहरूको पहिचान खुलेको छैन ।

हामीले सामाजिक सञ्जालको आधारमा सामाचार लेखिरहँदा अर्कोतिर निरन्तर स्थानिय प्रहरीलाई सम्पर्कको प्रयासमा छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *