नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा मलेसियाको दोस्रो अधिवेशन २५ तारीख हुदै ।।।

0Shares

थाङ्मीचागु डट कम संवाददाता
क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा मलेसियाको दोस्रो अधिवेशन -२०२४ कार्यक्रम आयोजना हुने तय भएको छ ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) नेपालका केन्द्रिय अध्यक्ष गजुरधन राईको प्रमुख आतिथ्यतामा र नेपाली दूतावास , आदिवासी जनजाती महासंघलगायत मलेसियामा स्थापित विभिन्न संघसंस्था को प्रतिनिधिहरु को आतिथ्यता अनि मलेसियामा रहेर पत्रकारिता गर्दै आएका आदिवासी जनजाती समुदायका पत्रकार लगायत नेपाली श्रमिकहरुको उपस्थितिमा कार्यक्रम आयोजना हुन लागेको कार्यक्रमका संयोजक अर्पण मगरले बताए ।

जानकारी अनुसार दोस्रो अधिवेशन कार्यक्रमको सम्पुर्ण तयारी सकिएको र कार्यक्रम यहीँ मिति सन् २०२४ जनवरी २५ तारिख बिहिवारको दिन होटेल ग्रेण्ड कन्टिनेन्टलमा आयोजना हुन लागेको हो ।

मलेसियामा रहेका क्रियाशील आदिवासी जनजाति पत्रकारहरुलाई आफ्नो कर्मप्रति थप हौसला प्रदान गर्न तथा मलेसियाको भ्रमणको लागि वरिष्ठ पत्रकार, नेपाल टेलभिजनका कार्यकारी सम्पादक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय अध्यक्ष गजुरधन राई २२ जनवरी २०२४ मा नै मलेसिया आईपुग्नु भएको छ ।

दोस्रो अधिवेशन आयोजक समितिले मलेसियामा रहेका सम्पूर्ण कर्मशील नेपाली श्रमिक , नेपाली ब्यावसायी, संघसंस्थाका प्रतिनिधि तथा श्रमिक दाजुभाइ दिदीबहिनीहरुलाई उक्त अधिवेशनमा उपस्थितिको लागि सार्वजनिक आव्हान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *