श्री रामको प्राण प्रतिष्ठाको अवसरमा आयोजित कार्यक्रमहरु भव्यताका साथ सम्पन्न ।।।

0Shares

थाङ्मीचागु डट कम संवाददाता

श्री रामको प्राण प्रतिष्ठाको अवसरमा आयोजित कार्यक्रमहरु भव्यताका साथ सम्पन्न ।।।

२०८०,माघ ९ ।

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सिराहा जिल्लाको विभिन्न ठाउँहरूमा रहेको मठ मन्दिरहरुमा आयोजित धार्मिक कार्यक्रमहरु भव्यताका साथ सम्पन्न भएको छ ।

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा गरेकै दिन सिराहामा उत्सव मनाईएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूजाआजा गरेर श्री रामको मूर्तिको प्राण प्रतिष्ठा गरिरहँदा सिरहामा पनि विभिन्न धार्मिक रूपले मठ मन्दिरहरूमा , र्याली, धार्मिक झाकि लगाएत दीप प्रज्ज्वलन गरिएको हो ।

कर्नाटकको पत्थरबाट अरुण योगी राजद्धारा कालो ढुंगाबाट बनाईएको भगवान श्री रामको मूर्तिको हातमा धनुष बाण राखिएको , उक्त मूर्ति ५१ इन्च अर्थात् ४ दशमलव २५ फुट अग्लो छ ।

प्राण प्रतिष्ठाको अवसरमा झापाको मेचीनगर निवासी आचार्य दुर्गा प्रसाद गौतम अयोध्यामा पुगेका हुन उनले राम मन्दिरको शिलान्यास गर्ने बेलामा सन् २०२० को अगस्ट ५ मा गौतमले पूजा गराएका थिए ।

झापाको मेची नगरका दुर्गा प्रसाद गौतमलाई प्राण प्रतिष्ठामा सहभागी हुन श्रीराम तीर्थ निर्माण ट्रस्टले आमन्त्रण गरेका थिए ।

राम मन्दिर ७.२ एकड जग्गामा बनेको छ । मन्दिरको पूरै जग्गा भने ७० एकड छ । तीन तले राम मन्दिर बनाउन झन्डै २१ करोड ७० लाख अमेरिकी डलर खर्च भएको अनुमान छ । (श्रोत सामाजिक सञ्जाल )

कार्यक्रमको सुरुवातमा सोनु निगम, अनुराधा पौडवाल, शंकर महादेवन लगायतका गायक–गायिकाले राम भजन गाएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको प्राण प्रतिष्ठामा पूजा गरेपछि भारतीय वायुसेनाको हेलिकोप्टरबाट मन्दिरमा पुष्प वर्षा गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो १२ बजेर २९ मिनेटको साइतमा मुख्य पुजा गरेपछि प्राण प्रतिष्ठा गरिएको हो ।

आयोजित समारोहमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथ, राजनीतिक दलका नेता, कलाकार, खेलाडी र उद्योगपति लगाएतले सहभागीता जनाएका थिए ।

मन्दिरमा दैनिक १ लाख ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्राण प्रतिष्ठाको अवसरमा सिराहा जिल्लाको १७ ओटै पालिकाहरुमा भजन कीर्तन, धार्मिक नाच,गान , नगर परिक्रमा,र्याली , कलश यात्रा, लगाएत बेलुका दीप प्रज्वलन गरी कार्यक्रम सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *