आफ्नो रिहाईको नाममा कुनै पनि आन्दोलन वा अराजकता नदेखाउन ‘लिटिल बुद्ध’ बमजनको अपिल ।।।

0Shares

आफ्नो रिहाईको नाममा कुनै पनि आन्दोलन वा अराजकता नदेखाउन ‘लिटिल बुद्ध’ बमजनको अपिल
थाङ्मीचागु डट कम संवाददाता
२७ पुष २०८०, शुक्रबार

काठमाडौं । ‘लिटिल बुद्ध’को रुपमा परिचित तपस्वी रामबहादुर बमजनले आफ्नो रिहाइका लागि कुनै पनि आन्दोलन वा अराजकता नदेखाउन अपिल गरेका छन् ।

एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका तपस्वी बमजनले यस्तो अपिल गरेका हुन् । उनीमाथि हत्या र हिंसाको आरोप समेत लागेको प्रहरीको दावी छ । तर, प्रहरीले ठोस प्रमाण भने जुटाउन सकेको छैन ।

‘यो समय नकारात्मक चिजको वर्चस्व हुने समय हो, अहिले समय गलत छ, मेरो रिहाईको नाममा कुनै पनि अराजक गतिविधि वा हुलदंगा नहोस्’ तपस्वी बमजनको भनाई उदृत गर्दै पूर्वराज्यमन्त्री यशोदा लामाले सुनाइन् ।

तपस्वी बमजनले आफूमाथि लगाएको आरोप निराधार रहेको बयान समेत दिइसकेका छन् । ‘एउटा धर्ममा आस्था राखि ध्यान तपस्या गर्ने व्यक्तिले कहिल्यै पनि गलत कार्य गर्न सक्दैन । मेरो ध्यान तथा तपस्याबाट शान्ति हुनेदेखि अशान्ति फैल्याउन चाहने स्वार्थ समूहले म विरुद्ध गलत आरोप लगाएका हुन्’, बम्जनले बयानमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *