विराटनगरको उडान दुई दिनदेखि हुस्सुको कारण अवरुद्ध।।।

0Shares

विराटनगरको उडान दुई दिनदेखि अवरुद्ध

थाङ्मीचागु डटकम संवाददाता
बिहीबार, २६ पुस २०८०,

विराटनगर । बाक्लो हुस्सु र कुहिरोका कारण विराटनगर विमानस्थलको उडान बिहीबार पनि प्रभावित भएको छ । बुधबार पनि विराटनगरबाट काठमाडौँ जाने प्रायः सबै उडान रद्द भएका थिए । 

उपयुक्त भिजिबिलिटी नहुँदा हिजो विराटनगरबाट एउटा मात्रै एकतर्फी उडान भएको थियो । 

विराटनगर एयरपोर्टमा पार्किङका लागि मंगलबार साँझ आएको बुद्ध एयरको जहाज काठमाडौँ जाने बाहेक बुधबार कुनै पनि उडान भएन । बिहीबार भने एउटा पनि उडान नभएको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । ‘आज पनि मौसमको अवस्था हिजोजस्तै रहेको कारण उडान भएनन्,’ भण्डारीले भने । 

सुरक्षित हवाई उडान र अवतरणका लागि एक हजार छ सय मिटर भिजिबिलिटी र दुई हजार मिटर सिलिङ चाहिन्छ । बुधवार भिजिबिलिटी एक हजार मिटर मात्र पुगेको थियो । विराटनगरबाट काठमाडौंंका लागि दैनिक बुद्ध एयरको ७ वटा, यति एयरलाईन्सको ५ वटा, श्री एयरलाइन्सको ३ वटा र सौर्य एयरलाइन्सको एउटा गरी १६ वटा उडानहरू हुने र दैनिक करिब एक हजार हवाई यात्रुहरुले सेवा लिँदै आएका छन् ।

विराटनगर विमानस्थल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *