नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
प्रदेशस्तरीय प्रथम तेक्वान्दो प्रतियोगिताको पत्रकार सम्मेलन मार्फत जानकारी ।।।
प्रदेशस्तरीय प्रथम तेक्वान्दो प्रतियोगिताको पत्रकार सम्मेलन मार्फत जानकारी ।।।
थाङ्मीचागु डट कम संवाददाता
२०८० पुस २४ ।
सिरहाको धनगढीमाई ९ को जिरोमाईल स्थित निर्मल लामा कवर्ड हलको परिसरमा प्रदेशस्तरीय प्रथम तेक्वान्दो प्रतियोगिताको आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
आउँदो माघ ११, १२ र १३ गते मधेश प्रदेशका आठ ओटै जिल्लाका खेलाडीहरुको सहभागितामा खेल आयोजना हुने भएको छ ।
प्रथम धनगढीमाई प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको व्यबस्थापक अन्तर्गत जिल्ला तेक्वान्दो कार्य समिति सिराहा रहेको छ भने आयोजक नगर स्तरीय तेक्वान्दो विकास समिती धनगढीमाई ९ को विशेष आयोजनामा हुन लागेको प्रतियोगिताको प्रायोजक धनगढीमाई नगरपालिका रहेको छ ।
आयोजना हुने प्रतियोगितामा करिब ९ टिमको सहभागिता हुने भएको छ जहाँ पुरुष तर्फ ३०-६३ केजी तौल समूह र महिला तर्फ ३०-५१ केजी तौल समूह बीच हुने प्रतियोगितामा पुरुष तर्फ करिब ११७ खेलाडी र महिलातर्फ ७३ खेलाडी सहभागी हुने बताइएको छ ।
करिब ८ लाख रुपैयाँ लागतमा आयोजना हुन लागेको प्रतियोगितामा जिल्ला बाहिरका प्रक्षिक्षक रहने जानकारी गराईएको छ ।
तेक्वान्दो कल्ब धनगढीमाईका अध्यक्ष सुरेश कुमार कार्कीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा कल्बका सचिव रमेश श्रेष्ठले प्रतियोगिताको योजना बारेमा जानकारी गराउनु भएको थियो ।





