शितलहरसँगै आम जनजीवन कष्टकर ।।।

0Shares

शितलहरसँगै आम जनजीवन कष्टकर ।।।

विनोद मण्डल, पुस २४। देशका विभिन्न भागमा पक्षिम्मी वायुको कारण यतिबेला आम जनजीवन प्रभावित भएको छ ।

छिनछिनमा परिवर्तन भईरहने मौसम ऋतु अनुसार बदलीरहेको हुन्छ । ऋतु एक वर्ष भन्दा छोटो कालखण्ड हो । जसले वर्षलाई वसन्त सम्पात(March–२१), कर्कट संक्रान्ति (June–२१), शरद सम्पात (Sep–२३) र मकर संक्रान्ति (Dec–२२) गरी विभिन्न भागमा विभाजित गरेको पाईन्छ ।

पृथ्वीको वार्षिक गति र अक्षीय झुकाव ९२३.५० डिग्रीको कारणले ऋतु परिवर्तन भई चक्रिय रुपमा मौसम फेरबदल भईरहेको हुन्छ ।

पृथ्वी सुर्यको वरिपरि करिब ९६.६ करोड कि.मि. को दुरीमा लगभग १६९० कि.मी प्रति घण्टाको दरले दीर्घवृतकार कक्षमा पश्चिमदेखी पूर्वतिर २३.५ डिग्रीको झुकावमा परिक्रम गरिरहेको कारण उत्तरी तथा दक्षिणी गोलार्धमा गर्मी र ठण्डी मौसम हुने गर्छ ।

पृथ्वीले सुर्यलाई विभिन्न अवस्थामा परिक्रमण गरिरहेको बेला मार्च–२१ र Sep–२३ अर्थात सम्पातको बेला सुर्यको सिधा किरण भुमध्यरेखामा लम्बरुपले चम्किरहने हुंदा पृथ्वीको दुबै गोलार्धमा गर्मी ठण्डी बराबर (दिन रात) हुने गर्दछ । Sep २३ पछि दक्षिणी अक्षांश रेखाको आधा भन्दा अधिक भागमा प्रकास आउन थाल्छ र उत्तरी अक्षांश रेखाको आधा भन्दा अधिक भाग अन्धकारमा हुन पुग्छ । यसरी शरद ऋतुको बर्हिगमन संगै हेमन्त ऋतुको आग्मनसंगै Dec २२ को समयमा सुर्य मकर रेखाको २३.५ंं डिग्री माथि लम्ब रुपले चम्किरहेको हुन्छ । यो बखत उत्तरी गोलार्धमा लामो रात र छोटो दिन हुन्छ । पृथ्वीको यस अवस्थाको दिनलाई मकर स्रक्रान्ति भनिन्छ । यस समयमा नेपालमा करिब १४ घण्टाको रात र १० घण्टाको दिन हुन्छ । रात लामो संगसंगै ठण्डीले आफनो हैकम जमाईरहेको हुन्छ । ( श्रोत सामाजिक सञ्जाल )

पृथ्वीको वरिपरि रहेका विभिन्न ग्यांसहरुको बाक्लो आवरण वायुमण्डल हो र यसले पृथ्वीको वातावरणलाई सन्तुलन राख्ने काम गर्छ । वायुमण्डलको करिब ७५ प्रतिशत भार सबभन्दा तल्लो तह निम्नमण्डलमा हुन्छ र पृथ्वीमा हुने प्रायः मौसमी घटनाहरु यसै तहमा हुने गर्दछन् । करिब शुन्यदेखि ४ प्रतिशतको अनुपातमा वायुमण्डलमा रहेको जलवाष्पकै कारण कुनै पनि स्थानको मौसम र जलवायु बढी प्रभावित हुन्छ । यति मात्र नभई यही जलवाष्प चिसो मौसमको बेला आफनो अवस्थामा परिवर्तन ल्याई शीत, कुहिरो, तुसारो, हुस्सु, हिमवृष्टि आदिको रुपमा परिवर्तित हुन्छ ।

शितलहर एक प्रमुख प्राकृतिक प्रकोप वा विपद हो जुन नेपालको मुख्य तराई ईलाकामा चल्ने शीतकालीन लहर हो । प्रायः पुस– माघ महिनामा अत्यधिक चिसोको कारण वायुमण्डलको तल्लो तहलाई बाक्लो हुस्सु-कुहिरोले ढाक्दा सुर्यको तापशक्ति हप्तौ दिनसम्म धरातलमा नआउँदा आकासबाट चिसो शित खस्नुको साथै वायुमण्डलीय तापमान एकदमै न्यून भई उत्तर पश्चिम दिशाबाट आउने शुष्क एवं चिसो हावाले बाक्लो हुस्सु र कुहिरो बगाउने प्रकृया नै सितलहर हो ।

यतिबेला तराई मधेशमा चलेको शीतलहरले आम जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट बच्नका लागि सिराहा लगाएतका जिल्लाहरुमा स्थानिय सरकारहरूले उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको पाईन्छ ।

शीतलहरको समयमा रुघा, खोकी , ज्वरो, टाउको दुख्ने ,रिंगटा लाग्ने जस्ता लक्षणहरू देखा परेको अवस्था रहेको पाईन्छ ।

सिरहाको धनगढीमाई १४ लगाएत अन्य क्षेत्रमा देखिएको हुस्सु र कुहिरोले आम सबैलाई अप्ठ्यारोमा पारेको अवस्था रहेको छ ।

तराईको जिल्लाहरुमा चिसो छल्नका लागि घुरको प्रयोग बढी गरेको पाईन्छ ।

कतियप अवस्थामा स्थानिय पालिकाहरुले निःशुल्क दाउरा वितरणको बातावरण समेत मिलाएको अवस्था रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *