निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी सस्था लि,को पहिलो साधारण सभा सम्पन्न भएको छ ।।।

0Shares

निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी सस्था लि,को पहिलो साधारण सभा सम्पन्न भएको छ ।।।

थाङ्मीचागु डटकम संवाददाता पुष १८, २०८०
दोलखा बिगु गाउँ पालिका – ८ थाङ्मीचागुमा रहेको निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । बुधबार सहकारीको पहिलो बार्षीक साधारण सभा सस्थाको कार्यालय हलमा सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष सरिता थामीको सभापतित्वमा भएको साधारण सभा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बिगु गाउँपालिकाका उपप्रमुख देबिका थाङ्मी विशिष्ट अतिथि संरक्षण समाजसेवी भाजु थाङ्मी ज्यु विशेष अतिथि समाजसेवी भक्त बहादुर थाङ्मी ज्यु विशेष अतिथि समाजसेवी रहमान थाङ्मी अतिथि समाजसेव युवा नेता कमल हार्वा थाङ्मी समाजसेवी लालमती थाङ्मी ज्यू समाजसेवी जुधारु युवा गर्भे थाङ्मी थाङ्मी ज्यू श्री कालिञ्चोक माध्यमिक विद्यालयका प्र सुन्दर प्रकाश पाण्डेज्यू ।
बिगु गाउँपालिकास्थित विभिन्न जाति समुदाय सामाजिक राजनीतिक पार्टीका प्रतिनिधिज्यूहरू र स्थानीय कलाकार र अनलाइन मिडियाकर्मीहरू रहेका थिए।

कार्यक्रममा सहकारीका कोष अध्यक्ष खम्बा बहादुर थाङ्मीज्यूले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि दर्शक कलाकार विद्यार्थी मिडियाकर्मी सम्पूर्णलाई स्वागत गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो। निको थाङ्मीचागु बहुउद्देश्य सहकारी संस्था लिमिटेडको लेखा समिति संयोजक विक्रम थाङ्मि ज्युले बार्षीक प्रतिबेदन तथा स्वागत मन्तव्य राखेका थिए । त्यस्तै सहकारी सचिव सविता थाङ्मी ज्युले आर्थीक बर्ष २०७९/८० को लेखापरीक्षण प्रतिबेदन पेस गरेका थिए ।

सहकारीमा हाल सम्म १०६ जना शेयर सदस्य छन् भने २०७९/८० सम्म कुल कारोबार २६ लाख ५५हजार ६४४ भएको छ । सम्पत्ति तथा दायित्व वासलातमा २४लाख ६० हजार ५५ रुपया रहेको छ भने जम्मा आम्दानी १लाख ५९ हजार ८ सय ४४ रुपैया भएको र, जसमध्ये शुद्ध नाफा २५ हजार ७ सय ४८ पैसा भएको सचिव ज्युले बताएका छन ।

साथमा नयाँ कार्यसमितिहरू चयन भएको छ।
सञ्चालक समिति छनोट।
१)अध्यक्ष सहरीता थामी
२) उपाध्यक्ष लालमती थामी
३) सचिव कमल हार्वा थामी
४) कोष अध्यक्ष खम्ब बहादुर थामी
५) सदस्य सुन्दर थामी
६) सदस्य सन्चिमाया थामी
७) सदस्य सरिता थामी (२)
८) सदस्य हस्ति थामी
९) सदस्य खम्बी थामी
ऋण उपसमिति
१) गर्बे थामी (संयोजक)
२) भिमलाल थामी
३) सुनी थामी
शिक्षा समिति
१)निस्मा थामी संयोजक
२) मायालु थामी
३) रस माया थामी
लेखा समिति
१) विक्रम थामी (संयोजक)
२) जसुबथामी
३) जालीमाया थामी

बार्षीक साधारण सभामा उत्कृष्ट ४४ जना शेयर सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालालन संस्थाका कार्यालय प्रमुख तथा सचीवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *