ने.था.स.केन्द्रको सक्रिय भूमिकामा भुम्या थानको स्थापना गर्दै उधौली पर्व मनाउन भव्य तयारी गर्दै,थाङ्मी समुदाय ।।।

0Shares

ने.था.स.केन्द्रको सक्रिय भूमिकामा भुम्या थानको स्थापना गर्दै उधौली पर्व मनाउन भव्य तयारी गर्दै,थाङ्मी समुदाय ।।।

थाङमीचागु डट कम संवाददाता
रिपोर्टर पदम थाङ्मी
काठमाडौँ २०८० पुस ९ । भोट बर्मेली परिवारमा पर्ने किराँत समुदायको थामी जाती आफूलाई “थाङ्‍मी” भन्न रुचाउँछन् । आफ्नै भाषा थाङ्‍मी खाम बोल्ने थामी समुदाय दोलखा सिन्धुपाल्चोक र रामेछाप जिल्लामा बिशेष जन घनत्व रहेको पाईन्छ ।

आफ्नो मौलिक रितिरिवाज र स‌ंस्कार रहेको यस समुदायले कुलदेवताको रूपमा भुमे(भुम्या )को पूजा गर्दछन् र जातिय कर्मकाण्ड र संस्कारहरू आफ्नै थामी गुरु आप्पाद्वारा गर्ने गर्दछन् ।

यो समुदाय दोलखाका सुस्पा क्षमावती, सुन्द्रावती, सुनखानी, लापिलाङ, लामिडाँडा, कालिञ्चोक, बाबरे, आलम्पु, बिगु, खोपाचागु, लाकुरी डाँडा लगाएतका ठाउँहरूमा बसोवास गरेको पाईन्छ ।

थामी जातिको आफ्नै मौलिक बाजाहरू अन्तर्गत मेर्कोङ-बाघको हाड बारादेवा पूजाका बेला बजाइने सुरबाजा हो । यसबाहेक पिचालिङ, टाके, थात्रा, ठेङका, बाखाराटाके, डम्फू, मुरली, मुर्चुङगा, बिनायो रहेको पाईन्छ ।

राज्यद्वारा उपेक्षित गरिएको यस जातिले जातीय पहिचानका लागि काठमाडौंमा उधौली र उभौली पर्वको अवसरमा भुम्या थानको स्थापना गरेर उधौली पर्व भब्य रूपमा मनाउने तयारी गरेको छ ।

नेपालको मूलबासीको रूपमा रहेको किरात समुदायहरूको महान पर्व उधौली पर्व मनाउनका लागि काठमाडौंमा थामी समुदायको उल्लेखनीय सहभागिता हुने बुझिएको छ ।

थामी समुदायले सीमित घेराभित्र रहेर मनाउँदै गरेको उधौली पर्व यस पटक राष्ट्रिय स्तरमा आफ्ना जातीय पहिचान सहित बृहत तरिकाले भुम्या पर्व मनाउने तयारी गरेको छ ।

आफ्ना धर्म , संस्कृति र परम्परा जोगाउनका लागि काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ को किराँत भूमेथान राष्ट्रिय शहिद तथा शान्ति पार्क जगडोल तथा यज्ञडोल सामुदायिक वन गोकर्णेश्वर भित्र थामी समुदायलाई उधौली पर्व मनाउनका लागि विशेष व्यबस्था मिलाईएको छ ।

राष्ट्रिय स्तरमा मनाउन लागिएको भुम्या पर्वको लागि नेपाल थामी समाजको केन्द्रिय अध्यक्ष रण बहादुर थामी , कालिन्चोक गा पा ६ निवासी समाजसेवी राजन थामी , नेपाल थामी समाज केन्द्रिय सदस्य पदम बहादुर थामी , नेपाल थामी समाज केन्द्रिय सह सचिव देब थामी , नेपाल थामी समाज केन्द्रिय सदस्य भक्तसिह थामी नेपाल थामी समाज केन्द्रिय सदस्य यम बहादुर थामी , नेपाल थामी समाज केन्द्रिय सदस्य तिर्थ बहादुर थामी लगाएत व्यक्तित्वहरुको अगुवाईमा समारोहको आयोजना गरिएको छ ।

भुम्या थानको स्थापना , सरसफाई र ब्यबस्थापनका लागी “नेपाल थामी समाज कालिन्चोक ” का सचिव जित बहादुर थामी , सिन्धुपाल्चोक जिल्लाको सचिव रामशुन्दर थामी , समाजसेवीहरु यम थामी , राखी थामी , नि – बर्तवान ने.था.स. केन्द्रिय सदस्य शंखर थामी , भिम थामी , रण बहादुर थामी , पदम थामी , देब थामी ,शुलिला थामी , यम बहादुर थामी लगाएतको उपस्थितमा २०८०/०९/०७ गते भुम्या थानको स्थापन सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *