सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
बिक्रम थाङ्मीको टिमको पहलमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयबासी खुसी भएका छन्।
दोलखाको बिगु गाउँपालिकास्थित ८- साबिक १-२ थाङ्मीचागुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयबासी खुसी भएका छन्।
थाङ्मीचागु डटकम
मंसिर १५-२०८०
भौतिक विकासमा पिछडिएका बिगु ८ साबिक १-२ थाङ्मीचागुमा बस पुग्दा स्थानीयबासीले भव्य स्वागत गरेका हुन्।
स्थानीयबासीले कच्ची सडकमा बस ल्याएर सेवा दिएको भन्दै बस, चालक र सहचालकलाई फूलमालाले समेत स्वागत गरेका छन्।
यसभन्दाअघि बिगु ८ साबिक १-२ मा बोलेरो जीप सञ्चालन भए पनि उक्त क्षेत्रमा पहिलो पटक यात्रुबस पुग्दा गाउँ-गाउँमा खुसीयालीसँगै फूलमाला र अबिर जात्रासमेत गरे तर उक्त जात्रा बोलेरो जीपको एकाधिकार तोडिदिएको छ।
गत मङ्सिर १८ गते बिक्रम थाङ्मीको पहलमा दोल्खाका रोल्बालिङ्ग यातायात समिति र स्थानीय युवा नेता समाजसेवी बिक्रम थाङ्मी सग छलफल बैठक बसिसके पछि एक यातायात समितिको टोलीले रोड अनुगमन गरे पछि Kathmandu चरिकोट दोल्खा बाबरे क्याङापोल बेगुम्पा थाङ्मीचागु नियमित बस सञ्चालन गर्ने निर्णय गरेसँगै सार्वजनिक यातायातले सेवा गरिरहेको छ ।





