दोलखाको चरिकोटमा एमालेको संकल्प यात्रा टोलीलाई भव्य स्वागत 

0Shares

दोलखाको चरिकोटमा एमालेको संकल्प यात्रा टोलीलाई भव्य स्वागत 
२०८० मङ्सिर २५ गते
थाङ्मीचागु डटकम संवाददाता

काठमाडौं । समृद्धिको लागि संकल्प यात्रामा रहेको नेकपा एमालेको टोली सोमबार साँझ दोलखाको चरिकोट पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन् ।

मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुर भएको अभियान सोमबार साँझ दोलखा पुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली दोलखा पुग्दा स्थानीयले भव्य स्वागत गरेका हुन् । 

दिउँसोदेखि टोलीको प्रतिक्षमा रहेका स्थानीय चिसोको प्रवाह नगरी सडकमा लाइन लागेर उभिएका थिए । टोली पुगेपछि विभिन्न सांस्कृतिक झाँकी सहित सम्मान गरिएको थियो । दिउँसो १ बजेबाट सुरु गर्ने भनिएको सभा नेताहरू ढिलो पुगेको कारण साँझ ५ः३० बजेबाट सुरु भएको छ । 

त्यहाँको कार्यक्रमलाई  एमाले अध्यक्ष ओलीले सम्बोधन गरेपछि एमालेको टोली पुष्पलालको जन्मस्थल रामेछाप जाने कार्यक्रम छ । आजको बास मन्थलीमा रहेको छ । 

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *