धार्मिक मान्यताका साथ छठ पर्व शुरू ।।।

0Shares

धार्मिक मान्यताका साथ छठ पर्व शुरू ।।।

विनोद मण्डल, मंसीर २ । सिराहा लगाएत मधेशका जिल्लाहरुमा छठ पर्व शुरू भएको छ ।

लगातार चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत पहिलो दिनलाई अरबा–अरबाइन भनिन्छ ।

छठपर्वको दोस्रो दिन ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् , जसलाई खरना भनिन्छ ।

तेस्रो दिन छठ पर्वको मुख्य दिन हो । सो दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ ।
चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत रूपमा समापन हुन्छ ।

छठ पर्वमा ब्रतालुले ४८ घन्टासम्म पानी नखाई उपबास बस्ने चलन रहिआएको पाइन्छ ।

तराई मधेशका जिल्लाहरुमा छठ पर्वका लागि तलाउ, पोखरी, नदी र खोला किनारहरु सफा गरेर सजाउनुका साथै नाच गान गर्ने गराउने चलन समेत रहेको छ ।

चार दिनसम्म मनाइने छठको पहिलो दिन व्रतालुहरु नुहाएर चोखो हुन्छन् र चोखिएपछि शुद्ध शाकाहारी भोजन ग्रहण गर्ने विधिलाई ‘नहाय खाय’ भनिन्छ । दोस्रो दिन खरना अन्तरर्गत उपवास बसी साँझ विधिपूर्वक पूजा गरी चन्द्रमालाई साक्षी राखेर सूर्यलाई आहृवान गरिन्छ ।

छठ पर्वमा बाँसको ढाकी, कोनिया डग्री, दउरा , माटोको कोसिया कुरबार, हात्ती लगायतको सामग्रीहरु चढाइन्छ भने प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा , केरा एवं विविध प्रकारका मिठाई तथा फलफूल सूर्यलाई नुहाएर तलाउमा उभिएर भिजेको अवस्थामा हातले उठाएर अर्घ दिने गरिन्छ ।

व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, लगाएतका खाध्य वस्तु परित्याग गरी व्रत लिने गर्छन ।

खास गरी छठ पर्वमा साठी प्रकारको वस्तु चाहिने जनविश्वास रहिआएको अवस्थामा उक्त सामग्रीमा कमी भएमा गम्हरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने लोकविश्वास रहेको पाईन्छ ।

छठको व्रत गर्नाले
पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने उद्देश्यले श्रद्धापूर्वक मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *