नेकपा एमाले माथिको प्रहारलाई जागरण अभियान चलाएर चिर्नु पर्छ : आनन्द श्रेष्ठ

0Shares

एमाले माथिको प्रहारलाई जागरण अभियान चलाएर चिर्नु पर्छ : आनन्द श्रेष्ठ
२०८० कार्तिक २२ गते
थाङ्मीचागु डटकम संवाददाता

रामेछाप । नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले पार्टीका सबै जनसंगठनलाई एकरूपताको हिसाबले अघि बढाउनु पर्ने बताउनुभएको छ । 

नेकपा एमालेले बुधबार मन्थलीमा आयोजना गरेको रामेछापका जनसंगठनका केन्द्र, प्रदेश र जिल्ला पदाधिकारीको संयुक्त बैठकमा बोल्दै श्रेष्ठले एउटा जनवर्गीय संगठनले गरेको कामलाई अर्को जनसंगठनले सघाउनु पर्ने बताउनुभयो । ‘एउटा जनसंगठनसँग अर्को जनसंगठन समन्वय गरेर अघि बढ्न जरुरी छ’, श्रेष्ठले भन्नुभयो । 

जनसंगठनले उठाउने मुद्दा एकरूपताको हिसाबले नउठाउँदा विगतका कतिपय आन्दोलन कमजोर भएको उहाँले स्मरण गर्नुभयो । त्यसैले एमालेका जनसंगठनले उठाउने आवाज साझा आवाज हुनु पर्नेमा उहाँले जोड दिनुभयो । 

इतिहासलाई खण्डित बनाएर राजनीतिक दल त्यसमा पनि एमालेलाई प्रहार गर्ने काम भइरहेको श्रेष्ठले बताउनुभयो । ’बढी प्रहार एमाले माथि केन्द्रित भएको छ, एमालेले जागरण अभियान चलाएर त्यसलाई चिर्नु पर्ने छ’, उहाँले भन्नुभयो । 

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका इञ्चार्ज भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रचना खड्का, गीता कार्की, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा जनसंगठनका रामेछापबाट नेतृत्व गर्ने केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश पदाधिकारी, सदस्य तथा जिल्लाका पदाधिकारीको सहभागिता रहेको छ । 

सहभागीलाई नेकपा एमाले रामेछापका उपाध्यक्ष इन्द्र तामाङले स्वागत गर्नुभएको थियो । बैठकले जनसंगठनले गरेका कामको समीक्षा गर्दै आगामी कार्ययोजना बनाउने नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कँडरियाले जानकारी दिनुभयो । 
प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *