रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु
नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु
थाङ्मीचागु डटकम संवाददाता
शनिबार, १८ कात्तिक २०८०
संग्रह
सुर्खेत । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले रातोपाटीलाई जानकारी दिए ।
‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।
डीएसपी रोकाका अनुसार जिल्ला अस्पतालमा हालसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप शव आउने क्रम जारी रहेको उनले बताए ।