थामी समुदायको मौलिक संस्कार र संस्कृति संरक्षणका लागि ‘शिङबोन’ सांस्कृतिक प्रस्तुति आज साँझ ५ बजे सार्वजनिक हुँदै।।।
2026-11-23लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21
जाजरकोट भूकम्प : रुकुम पश्चिममा १४ जनाको मृत्यु
जाजरकोट भूकम्प : रुकुम पश्चिममा १४ जनाको मृत्यु
शनिबार, १८ कात्तिक २०८०,
संग्रह
सुर्खेत । शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा १४ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमका डीएसपी नवराज भट्टराईका अनुसार आठबिसकोट नगरपालिकाको वडा नं ११ मा ७ जना, वडा नं १२ मा ४ जना र वडा नं १३ मा ३ जनासहित १४ जनाको मृत्यु भएको हो l
‘ठुलो मानवीय क्षति भएको छ,’ उनले भने,‘ घाइतेहरूको उद्धार गर्ने, अस्पताल पुर्याउने काम भइरहेको छ ।’ भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम बढी प्रभावित भएका छन् । ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भएर सो भूकम्प गएको थियो ।
प्रहरीका अनुसार रुकुम पश्चिममा ठुलो मात्रामा घरहरूमा क्षति भएको छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार आठबिसकोट नगरपालिकामा धेरै मानवीय क्षति भएको छ।’
जाजरकोट भूकम्प





