मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Wednesday, July 8, 2026
जाजरकोटमा भुकम्पमा परी कम्तीमा १० जनाको मृत्यु ।
जाजरकोटमा कम्तीमा १० जनाको मृत्यु, केन्द्रविन्दु रहेको बारेकाेटसँग सम्पर्कविच्छेद
थाङ्मीचागु डटकम संवाददाता
शनिबार, १८ कात्तिक २०८०,
संग्रह
काठमाडौँ । जाजरकोट भूकम्पमा परी हालसम्म १० जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जाजरकाेटले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालय जाजरकाेटका अनुसार भेरी नगरपालिकामा दुई जना, नलगाढ नगरपालिकामा ४ जना, कुशी गाउँपालिकामा ४ जना गरि १० जनाको मृत्यु भएको स्थानीयले कार्यालयमा जानकारी गराएका हुन् ।
भूकम्पकाे केन्द्रविन्दु रहेको बारेकाेट गाउँपालिकामा भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । त्यहाँको सबै सम्पर्क विच्छेद भएको जाजरकाेटका प्रजिअ सुरेश सुनारले बताए । जाजरकाेटमा यतिबेला प्रहरीको सञ्चारसेटले पनि काम गरेको छैन । भूकम्पबाट छिमेकी जिल्ला रुकुममा पनि क्षति पुगेको छ ।




