थाङ्मीचागुको ऐतिहासिक पृष्ठभूमि अस्तित्व नाम र शासन व्यवस्था ।।।

0Shares

थाङ्मीचागुको ऐतिहासिक पृष्ठभूमि अस्तित्व नाम र शासन व्यवस्था ।।।
थाङ्मीचागु डट कम
सन्तोष ठान्टी थाङ्मी
चागु नाम कसरी रहनु पुग्यो ???
चागु नाम हुनुभन्दा पहिला थाङ्मीचागुमा छुट्टाछुट्टै प्रकारको नामहरु थियो । जस्तै निस्पा आपो वास्यारङ्ग तेङ्सिङ्ग , लिङ्गगोरेङ्ग , कुलीपोटोङ्ग , टाङपेराङ्ग रिदाग आमेडन्डी लिकि पोटोङ्ग , आर्कापोले , ठातिपोले , धुस्रुपोले , उक्या वास्यारङ्ग , ओचोइ,सोर्पा,कोलेपा,कापाराङ्ग, डेगो,फिर्के,डन्डी ,मन्द्रे डन्डी , इत्यादि थियो ।
र समग्रलाई समेटेर कसरी कहिले थाङ्मीचागु नाम नामकारण कसरी भयो त.?
ईसा पूर्व ४०० बर्षा अगाडि देखी ।
थाङ्मीचागु खोपाचागुमा चागु माइथान किरात बौद्ध र हिन्दु धार्मिक स्थलहरूको अनुपम सहअस्तित्व रहेको छ जसमा किंवदन्ती, रीतिरिवाज र चाडपर्वहरूसँग घनिष्ठ सम्बन्ध रहेको प्रतीकात्मक र कलात्मक मूल्यहरू छन्। चाँगु थाङ्मीचागु खोपाचागुमा परम्परागत थाङ्मी किराती बस्ती र हिन्दू मन्दिर परिसर समावेश छ। यो चौथो शताब्दीको स्मारकलाई थाङ्मीचागु खोपाचागुमा अझै पनि प्रयोगमा रहेको सबैभन्दा पुरानो किराती माइथान( मध्ये एक) मानिन्छ। तर अहिले हिन्दु मन्दिरमा आप्रभ्मस भएको छ ।

अर्को कथाले ब्राह्मण पाणे र ग्वाला (गाई गोठाला) को कथा बताउँछ। एउटा सानो केटाले आफ्नो मालिक ब्राह्मण पाणेको गाई बस्तु चराउनु सधैं ठातिपोले तेङ्गसिङ्गको जङ्गलमा चराउनु लान्छन तर जहिले पनि एउटा माली दुहुनो गाई सधै हराउनु हुन्छ । जहिले पनि अबेला भए पछि मात्र गोठमा आउने आउने गर्थे । एक दिन त दूध धुनुलाइ ठिक परेको भेला दुहुनो माली गाई नै गायब हुन्छ ।

तेस पछि ब्राह्मण पाणेले ग्वालालाइ गाली गर्दै माली गाई खोज्नु तल्लो सोर्पाबाट ठातिपोले तेङ्गसिङ्ग तिर माली गाई खोज्नु आउछन् र खोज्दै जादा । माली दुहुनो गाइले एउटा ढुङ्गालाइ दुध बर्षइ रहेको देखिन्छ । ब्राह्मण पाणे र ग्वाला चम्पकाको रुखको छायामुनि लुकेर हेर्छन् तेस पछि दुवै जना धेरै रिस उठ्छ छन् ।
र बदलामा लिएर त्यो ढुङ्गालाई फुटाल्नु खोज्दा ताजा मानव रगत निस्कियो । आफूले अपराध गरेकोमा उनीहरू विश्वस्त भए, तर त्यही बेला भगवान शेतिदेबी गजधुमी माइ ढुङ्गा बाट बाहिर निस्किए । उनले उनीहरूलाई भने कि जब उनीहरूले ढुङ्गा फुटाउछन् उनीहरूले उनको टाउको काटिदिए र यसरी उसलाई आफ्नो पापबाट मुक्त गरे भाने र गायब पनि भए । यो सुनेर ब्राह्मण पाणे र गोठालाले चम्पक रूखको स्थानमा तेहि दुध बर्षाइ रहेको ढुंगालाई शेतीदेबी गजधुमी माइको नाममा एउटा सानो माइथान स्थापना गरे त्यो बेला देखि पुजा पाठ गर्नु सुरु गरे। र यसरी नै चागु नाम भगवानको नाम बाट हुनु गएको थियो ।

र तेस पछि त्यो ब्राह्मण पाणे चाइने बाबरे तिरको थियो भने ।
गाई गोठालो ग्वाला चाइने थाङ्मीचागु हुनुहुन्थ्यो ।
र पछि बाबरेको पाणे आफ्नो ठाउँ तिर फर्के पछि । त्यो चागुको माइथानको जिम्मेवारी वोली गाउँको वोली सन्तानलाई दिएर गएको र चागु माइथानको पुजारी चाइने नदेन हार्वाको खलक लाई दिएर जानू भएको थियो ।
तेसैले अहिले पनि वोली गाउँको ब्राह्मण नै चागुको माइथानमा सर्वश्रेष्ठ पन्डित मान्निछन ।

आजकल, चाँगु माइथानको स्मारक थाङ्मीहरूको अद्वितीय सांस्कृतिक परम्पराले परिभाषित गरेको छ। यहाँको चागु शेतीदेबी माइथान सन्सारको सबै भन्दा बढी छ्यात छ्याती मध्ये केही हुन् ।

चाँगुको अर्थ – फुल हरियाली कहिले पानी नसुक्ने देव भुमि तपो भुमी सिमे भुमे सबैको बासइसथान र भाग्यमानी इसबैलाइ समेटेर ,चाँगु समग्र खोपाचागु थाङ्मीचागुको नाम यसरी रहेको थियो ।
थाङ्मीचागुको बिकास र परिवर्तनको योद्धाहरु
१) केशे ठान्टी (गोडाइचा )को सन्तानहरु ।
२) नन्दे हार्बा (मुलमी )को सन्तानहरु ।
३) अम्बरे चित्रे ( जेठाबुडा)को सन्तानहरु ।
४) रजे पेन्टे (मुलमी)को सन्तानहरु ।

१)#चार पगरिको शासन व्यबस्था ।
१) केशे ठान्टी (गोडाइचा )
२) नन्दे हार्बा (मुलमी )
३) अम्बरे चित्रे ( जेठाबुडा)
४) रजे पेन्टे (मुलमी)

चार पगरी चार तालुक ।
थाङ्मीचागुमा चार पगरिको शासन व्यवस्था थियो र अझै हाम्रो थाङ्मी समाज भित्र छ ।
सरकार चलाउने
१) ठान्टी गोडाइचा बुबु
२) हार्बा मुल्मी
३) चित्रे जेडा बुढा
४) पेन्टे मुल्मी

समाज चलाउने
खामी
गुरु
लाङ्मी
दुर्मी

३)#थाङ्मीचागुको थर हरु को इतिहास ।

थाङ्मी चागुमा कति थर अथवा कति खलक छन ?
१) ठान्टी आक्यङ्मी
२)पेन्टे
३)चित्रे
४)हार्वा
५)खुर्पे
६)रिस्मी
७) दाङ्गुरी
८) बेन्टाङ
क्रमश ..
नोट:- तपाईंलाइ यो लेख पढेर कस्तो लाग्यो .?
सल्लाह सुझाव दिनु होला । धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *