मोटरसाईकल दुर्घट्नामा मृत्युदोलखा सुरीका एक युवा मोटरसाईकल दुर्घट्नामा मृत्यु ।।।

0Shares

मोटरसाईकल दुर्घट्नामा मृत्यु
दोलखा सुरीका एक युवा मोटरसाईकल दुर्घट्नामा मृत्यु

मंगलबार, कात्तिक १४, २०८०
थाङ्मीचागु डट कम
चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाका एक पुरुषको मोटरसाईकल दुर्घट्नामा परी मृत्यु भएको छ । भीमेश्वर नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा गौरीशंकर गाउँपालिका–५, सुरीका ४० वर्षिय रामकुमार खड्काको मृत्यु भएको हो ।

उनी काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेको प्रदेश २–४४ प ६८८३ नम्बरको मोटरसाइकलमा परेका हुन् । मंगलबार मध्यान्ह भीमेश्वर नगरपालिका ७ मा भएको दुर्घट्नामा गम्भिर घाईते भएका खड्कालाई उपचारका  लागि दोलखा सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *