सिराहा प्रहरीको चाडपर्व सुरुक्षा व्यबस्था कसिलो ।।।

0Shares

सिराहा प्रहरीको चाडपर्व सुरुक्षा व्यबस्था कसिलो ।।।

विनोद मण्डल असाेज २६ । जिल्ला प्रहरी कार्यालय सिरहाले ” चाडपर्व लक्षित सुरक्षा योजना २०८० ” पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाको सभा हलमा आयोजित कार्यक्रममा चडपर्वको समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका करिब ९ सय ४४ प्रहरी जनशक्ति परिचान गर्ने बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले विहिवार पत्रकार सम्मेलनको आयोजना गरी आउदै गरेको हिन्दुहरुको महान चाड विजयादशी, दीपावली तथा छठपर्वको समयमा हुनसक्ने अपराधिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रणका लागि ५ सय ५९ जना बाह्य सुरक्षामा र तीन सय ७७ जना रिजर्व टोलिसहित नौ सय ४४ जना प्रहरी जनशक्ति परिचालन गरिने प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्वले जानकारी गराउनु भएको हो ।

उनका अनुसार नियमित चेकिङ्ग ९, छड्के ५ र ट्राफिक प्रहरीको ८ गरी जम्मा २२ चेकिङ्ग रहने छ ।

सुरक्षा व्यवस्था मजमुद बनाउन पैदल ४०, साइकल १०, मोटरसाइकल ३५, गाडी मौबाइल १२ र एसआरपी,एलआरपी २२, सादा पोशाक ५ र क्यूआरटी ५ समूहलाई परिचालन रहने छ ।

साथै यस कार्यालय तथा मातहत समेतमा गरी ६९ स्थानमा पिकेट ड्यूटी परिचालन गरिने बताइएको छ ।

प्रहरीले महत्वपूर्ण प्रतिष्ठान, पूर्वपश्चिम राजमार्ग, सहायक तथा हुलाकी मार्ग, बैंक तथा वित्तिय संस्था, सुन चाँदी पसलहरु लगायत मुख्य मुख्य स्थानहरूमा सुरक्षा व्यबस्था कडा रहने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *