एमालेको मधेश प्रदेश सदस्यमा रामस्वरूप ।।।

0Shares

एमालेको मधेश प्रदेश सदस्यमा रामस्वरूप ।।।

विनोद मण्डल, असाेज २६ । मधेश प्रदेशको जनकपुर स्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति प्रतिष्ठानमा आयोजित नेकपा एमाले मधेस प्रदेश कमिटीको एतिहासिक प्रथम प्रदेश अधिवेशनबाट रामस्वरुप सदाय मधेश प्रदेशको सदस्यको जिम्मेवारीमा चयन भएका छन् ।

विगत लामो समयदेखि नेकपा एमालेको जनवर्गीय संगठनहरुको विभिन्न पदको जिम्मेवारी सम्हाल्दै आएका सदाय पार्टी नेतृत्वको छनौटमा परेका हुन् ।

एमाले मधेश प्रदेश पूर्व सचिवालय सदस्य एवं नेपाल उत्पीडित जातीय मुक्ति समाज सिरहाका जिल्ला इन्चार्ज समेत रहेका सदाय नेकपा एमालेको सक्रिय नेता मानिन्छन् ।

मधेश प्रदेशमा सम्पन्न भएको पहिलो अधिवेशनबाट सदाय सदस्यमा छनौट भएका हुन ।

समाजका यथार्थ बुझेका सदाय जस्ता व्यक्तिलाई पार्टीले मूल्यांकन गरेको खवरले यतिबेला आम जनतामा सकारात्मक प्रभाबको अनुभव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *