नवलपरासीमा लागु औषध सहित मानिस पक्राऊ ।।।

0Shares

नवलपरासीमा लागु औषध सहित मानिस पक्राऊ ।।।

विनोद मण्डल, भदौ ३१ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीमा लागू औषध कारोवारमा संलग्न मानिसलाई प्रहरीले पक्राऊ गरेको छ ।

नवलपरासी (पश्चिम) जिल्लाको रामग्राम नगरपालिका वडा नं. ०१ निलोगेट एरियामा दक्षिणबाट उत्तर तर्फ शंकास्पद अवस्थामा हिडिरहेका भुवन केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ जिल्लाको घोराही उप-महानगरपालिका वडा नं. ११ घर भएका करिब वर्ष ३० वर्षीय के.सी.लाई चेकजाँच गर्ने क्रममा उनले आफ्ना दाहिने हातमा बोकिरहेको प्लाष्टिक बोराको झोला भित्र रहेको सेतो फाईवरको झोलामा खैरो काटुन टेपले बेरी लुकाई छिपाई राखेको अवस्थामा लागु औषधसहित बिहान करिब ११:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) बाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणका लिएको थियो ।

उनको साथबाट प्रहरीले नुफिन १२० एम्पुल, फेनारगन १२३ एम्पुल, डाईजेपाम १२१ एम्पुल र नाईट्राभेट-१० लेखेको ११७ ट्यावलेट फेला पारी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पछिम नवलपरासीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *