मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
शिक्षा विधेयक बिरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी सहित धनगढीमाईका शिक्षकहरु ।।।
शिक्षा विधेयक बिरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी सहित धनगढीमाईका शिक्षकहरु ।।।
विनोद मण्डल, भदौ ३१ । सिरहाको धनगढीमाई नगरपालिकामा बिभिन्न विद्यालयहरूमा कार्यरत शिक्षकहरु आन्दोलित भएका छन ।
सरकारले दादागिरी शैलीमा ल्याएको क्षिक्षा ऐन शिक्षकहरूको हक हितमा नभएको भन्दै उक्त विद्येयक खारेजको माग सहितको निष्कर्षमा पुगेका शिक्षकहरुले पूर्व घोषित आन्दोलनलाई समर्थन गर्नका लागि काठमाण्डौ जाने भएको छ ।
सिरहाको शिक्षकहरु तातिएपछि आन्दोलनले तार्किक निष्कर्षमा पुग्ने बाटो खुलेको सहभागी मदन भण्डारी माविका शिक्षक भगवान दत्त शर्माले बताए ।
विद्यालयमा कार्यरत सबै शिक्षकहरुलाई उनीहरुले गरेको योगदानको कदर गर्दै स्वतः स्थायी गर्नुपर्ने धारणा सहभागी शिक्षक राजेन्द्र मगरले राखे ।
सरकार बहुलाएको भन्दै शिक्षकहरुले प्रधानमन्त्री प्रचण्डको समेत बिरोध गरेका छन । आम जनताको रगत पसिनामा राजनीति गर्ने राजनीतिक दलहरुले शिक्षकको पीडा नबुझ्नु चिन्ताको विषय भएको शिक्षकहरुले बताएका छन ।
धनगढीमाईको जिरोमाइल स्थित रहेको आधारभूत विद्यालयको प्रागणमा आयोजित कार्यक्रममा पालिका अन्तर्गत रहेका सबै बिद्यालयका शिक्षकहरु सहभागी भएको थियो ।





