र्यालीसहित सुजाता शाहको रिहाई अभियान ।।।

0Shares

र्यालीसहित सुजाता शाहको रिहाई अभियान ।।।

विनोद मण्डल, भदौ २ । सिरहाको सदरमुकाम सिरहामा सुजाता शाहको रिहाईको लागि र्यालीसहित जुलुस प्रर्दशन गरिएको छ ।

अनुचित लेनदेन (मिटर ब्याज)को नाममा झुठा मुद्दा गरी गिरीफदार गरिएकी भनिएकी सुजाता शाहलाई रिहाईको माग गर्दै पीडित लेनदेन संघर्ष समिति सिरहाले नारासहितको जुलुस प्रर्दशन गरेका हुन ।

विभिन्न पालिकाहरुबाट सदरमुकाम पुगेर जुलुशमा सहभागी सबैले हातमा प्ले कार्ड बोकेर नारा लगाउँदै जिल्ला अदालत सिराहा अगाडि, जिल्ला प्रहरी कार्यालय अगाडि र जिल्ला प्रशासन कार्यालय सिराहा अगाडि पुगेर नारासहित रिहाईको माग गरेका थिए ।

प्रहरी हिरासतमा रहेकी सिरहाको मिर्चैया नगरपालिका वाडा न ६ की ३५ वर्षीया सुजाता साहलाई मिटर ब्याजको आरोपमा मिर्चैया नगरपालिका वडा नं ५ की ममता देवी रायले दर्ता गराएको मुद्दामा साहलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको हो ।

उनलाई अनुचित लेनदेन कसुरको शिलशिलामा प्रहरी हिरासतमा मुलुकी फौजदारी कार्यबिधि (सहिता ऐन) २०७४ को दफा १३ को उपदफा २ बमोजिम प्रहरी हिरासतमा अनुसन्धानका लागि राखिएको बुझिएको छ ।

संघर्ष समितिका जिल्ला अध्यक्ष धनेश्वर यादवको नेतृत्वमा उल्लेखनीय संख्यामा रिहाईको लागि सदरमुकाम सिराहा पुगेका सबैले सुजाता साहको रिहाईको लागि प्रदर्शन गरेको संघर्ष समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *