युवाहरुको आकर्षणको केन्द्र बन्दै पाण्डे ।।।

0Shares

युवाहरुको आकर्षणको केन्द्र बन्दै पाण्डे ।।।

विनोद मण्डल, साउन २२ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको सदरमुकाम परासी स्थित रामग्राम नगरपालिकाभित्रको एक बस्तीबाट आम समस्याको बारेमा खुलेर ओकालत गर्ने आँटिलो व्यक्तित्व हुन् रवि पाण्डे ।

समाजमा आम समस्यालाई दबाएर वर्षौ देखि राजनीति गर्दै आएका उनै व्यक्तिहरूको बास्तविक कर्तुत र भाषण लगायतको बास्तविक वस्तुस्थितिको पर्दाफास गर्दै समाजको बास्तविक एनाको रूपमा उदाएका एक नक्षत्र हुन पाण्डे ।

समाजका पर्यटन ,कृषि ,सडक, बिजुली ,खानेपानी ,रोजगार लगायतको पक्षमा आफ्ना तार्किक बहस गर्दै आम युवाहरुको ढुकढुकीमा बस्न सफल व्यक्तित्व पाण्डेले वातावरणीय प्रदूषणबाट जोगिनका लागि निशुल्क बिरुवा वितरणको कार्यक्रममा आफ्ना सहभागिता जनाएका छन् ।
आम मानिसको पीडामा सहि सत्य बोल्ने आँट हिम्मत गरेर उनले केयौ समस्याहरूको समाधान गरिसकेका छन ।

उनको बोलीमा भएको मिठास र तार्किक क्षमता तथा सरल व्यक्तित्व, मृदुभाषी, स्पस्ट वक्ता लगायतका बौद्धिक गुणका कारण समाजका धेरै व्यक्तिहरू उनलाई आफ्ना समस्या लिएर नियमित भेटघाट गरिरहेका छन ।

समाजमा भइरहेको विकाश निर्माणका लागि सकारात्मक चिन्तन भएका पाण्डेले निकायलाई समय समयमा घच घच्घ्याउने गरेको अवस्था समेत रहेको देखिन्छ ।

समाजिक आवस्यकता र परिस्थितिलाई नजिकबाट बुझेका पाण्डेलाई यतिबेला आम समस्यासँग समाधान खोजिरहेको सहजै देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *