नृत्य जगतमा उदाएका ब्लू स्काई डान्स स्टुडियो ।।।

0Shares

नृत्य जगतमा उदाएका ब्लू स्काई डान्स स्टुडियो ।।।

विनोद मण्डल, साउन १६ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको सदरमुकाम परासी अर्थात् रामग्राम नगरपालिका वाडा नंवर ५ मा रहेको ब्लू स्काई डान्स स्टुडियोले आफ्ना बेजोड प्रस्तुतीका साथ तहल्का मचाउँदै आइरहेको छ ।

स्थानिय बाल मन्दिर परासीमा रहेको स्टुडियोको डान्स कक्षाहरुमा स्थानिय बालबालिकाको चाहाना बमोजिमको डान्स सिकाउने भएकोले यस स्टुडियोको माग दिनानु दिन बढिरहेको अवस्था रहेको देखिन्छ ।

स्थानिय नव प्रतिभाहरूको उजागर गर्ने एक मात्र थलोको रूपमा रहेको स्टुडियोको व्यवस्थापकीय पक्षमा व्यापक सुधार र ध्यान दिइएको हुनाले यस स्टुडियोबाट प्रस्फुटन भएका प्रतिभाहरुले नृत्य जगतका कूनै पनि डान्स गर्न सक्ने भएकोले यसप्रति आम अभिभावकको आकर्षण बढिरहेको अवस्था रहेको देखिन्छ ।

बिहानी र दिवा कक्षाको रूपमा डान्स सिकाईने यस स्टुडियोका सञ्चालकको रुपमा परिचित दिपक साहनीको नैतिकवान , मिजासलुपनको कारणले यस स्टुडियोकाे वातावरण अत्यन्त मनोरम र सुन्दर रहेको अवस्था रहेको देखिन्छ ।

करिब ९ जना प्रशिक्षक रहेको यस स्टुडियोमा उत्कृष्ट प्रतिभाहरू रहेको कारण जिल्लाको सान र नमुनाको रूपमा परिचित भइरहेको छ, यो ब्लू स्काई डान्स स्टूडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *