mno नामक गाडी हाँक्ने जिम्मा पाएका बुद्धलाल मेचे ।।।

0Shares

mno नामक गाडी हाँक्ने जिम्मा पाएका बुद्धलाल ले आफू सङ्गै त्यहा यात्रा गरि रहेका गन्तव्य मा अवस्य पुगिन्छ/पुराउछ भनेर ढुक्क भै mno नामक गाढी चढेका सहयात्री,प्यासेन्जर सबैलाइ दलदले भास मा पुराइ डुबाइ सकेको अवस्था छ।
त्यहा यात्रारत मध्य एक जना लाई दलदले भास मा डुबाइ रहेको बारे मा थाह पाए पछि त्यस बिसय मा mno नामक गाडी हांक्ने चालक बुद्धलाल लाई दलदले भास बाट निक्लने, गन्तव्य मा पुग्न अनेकौ तौर तरिका द्वारा सुझाउछ/बताउछ तर सचेत गर्न गराउन अनेक कोशिश गर्दा नि चलाक ले मान्दै मान्दैन।
बरु उक्त ब्याक्ती लाई उल्टै भए नभएको आरोप लाएर चरित्र हत्या गरि mno नामक गाढी बाट नै षड्यन्त्र गरि निकालिने प्रपंच रचिन्छ।
यस दलदले भास बारे त्यहा यात्रा गरिरहेका यात्रारत सहयात्री लाई जानकारी दिदा उल्टै गाडी चालक बुद्धलाल कै पक्ष लिएर हिजो अस्ति भरखर आउने ले 2/3 दसक अघि देखि गाडी चलाउने बारे अनुभव प्राप्त,त्याग तपस्या मा खररो उत्री सकेको लाई सिकाउने भनेर विरोध गरिन्छ।

कतै बाट पनि दलदले भास मा डुबिरहेको mno नामक गाडि लाई बाहिर निकाल्ने उपाय मा गाडिमा सवार यात्री हरु बाट सघाउ को साटो उल्टै विरोध देखे पछि हिजो 9/10 वर्ष देखि यात्रारत यात्री थमन बुढा मगर ले अन्तिम मा मुटु माथी ढुङ्गा राखि mno नामक गाडि परित्याग गरि आफ्नो पुग्नु पर्ने गन्तव्य मा पुग्न लाई कुनै पनि ABC नामक नयाँ गाडी प्रयोग गरि गन्तब्यमा पुग्ने पर्ने अठोट लिने जानकारी दिइन्छ।
यसरी हुदा छदा को दलदले भास मा जाकिएको गाडी बाट निक्लेर अर्को गाडी प्रयोग गरि आफ्नो गन्तव्य मा पुग्ने सोच राख्नु गलत हो?

सचेत मुलवासी साथिहरु विचार गरौ/चिन्तनमनन गरौं।
यहाँ दलदले भास मा mno नामक गाडी जाक्ने चालक तथा उनलाइ साथ दिने प्यासेन्जर हरु दोषी हुन?
या दलदले भास बाट बाहिर निस्किएर अर्को गाडी द्वारा गन्तव्य मा आफू सङ्गै प्यासेन्जर सहयात्रीलाइ पुग्नु/पुराउनु पर्छ भन्ने थमन वुढा मगर को दोषि हुन?

आखिरी यी दुई विचार मध्य कुन चाहिँ सहि विचार हो?
दुबै त पक्कै होइन दुई मध्य एक विचार सहि हुनु पर्छ भन्ने मलाइ लाग्दछ।
दृढ संकल्प का साथ गन्तव्य मा पुग्न या पुग्नु पर्छ भन्ने तमाम मुलवासी साथी हरु हो भटाभट सरल सभ्य भाषामा कमेन्ट गरौं।

जै मंगोल
जै मुलवासि

सावर दर्लामी मिजा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *