सुनवल साेमनाथ खाेलाकाे बाढीले डाईभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

0Shares

सुनवल साेमनाथ खाेलाकाे बाढीले डाईभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

सुरेश यादव,नवलपरासी/ जेठ ११ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १ पुर्व पश्चिम राजमार्ग स्थित साेमनाथ निर्माणाधीन अवस्थामा रहेकाे साेमनाथ खाेलाकाे पुल नजिककाे डाईभर्सन आज दिउँसाे बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएकाे छ ।

आज विहान ११ बजेकाे समयमा परेको अविरल वर्षाको कारणले खोलामा दिउँसो २ बजेतिर पानीको बहाव बढी डाईभर्सन बगाई बाटो पुर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभयाे ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरिक्षक बलबहादुर घर्ति मगरको कमाण्डमा ७ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी,भुमहीबाट ५ जनाको टोली खटि गै सवारी साधनहरु वैकल्पिक मार्गबाट पठाईएकाे सुचना अधिकारी पाण्डेले बताउनुभयो ।

बाटो मर्मतकाे लागी प्रयास भईरहेको र उक्त राजमार्गमा चल्ने सम्पुर्ण सवारी साधनहरुलाई सुनवलचोक – परासी – भुमहीचोक हुदै आवत जावतको ब्यवस्था मिलाईएको साथै पानी बहाव कम नभए सम्म राजमार्ग सञ्चालनमा आउन नसक्ने उहाँले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *