नेपाल विद्युत प्राधिकरण लहान परिसर वनमारा घारीमा परिणत, सरसफाइमा बेवास्ता
2026-10-06दार्जीलिङमा गोर्खा भारतीय जनजाति महासंघको विराट र्याली थामी संस्कृति एवम् विकास संघको उल्लेखनीय सहभागिता
2026-10-04
म रेसम चौधरी”कबिता !!!
“म रेसम चौधरी”
कबिता:-
मैले कहिले भनिन,
त्यो जुन मेरो आफ्नै कम्लहरी हो।
त्यो घाम मेरै कमैया हो।
अनि,भनिन पो तौ
यो सिङ्गै देश पनि मेरै हो।
म त चाहान्थे
म पनि केही हो।
मैले बाच्दा यहि थारुवानमा बाच्ने हो
अनि,मैले मर्दा पनि यहि देशको
एक पाचफुटे जमिन माग्ने हो।
यति भन्दिदा नै
म आफ्नै करले बनेको जेलमा
आफैले पालेको अदालतबाट
आफन्तनै सोचेको पुलिसबाट
मैले पनि खिएर बनेको हतकडी
मेरै हातमा सजाउन
कस्ले उर्दि जारी गर्यो?
म नभत्कनु भत्किए पछि
यो देशमा त्यो किरात भत्किनेछ।
लिम्बुवान,मगरात,ताम्सालिङ्ग,नेवा हुदा-हुँदै
भत्किनेछ चुपचाप बसेको खर्साङ्ग
हैन!मलाई भत्काएर
भत्किनेछ?
एउटा समयको माग?
ओई!दोर्लाङ्गेहरु हो।
समयको यो धिन्ताङ्ग मादलमा
तिमिलाई मात्र नाच्न आउने हो र?
समय सबैको वसमा हुदैन।
आगो लाग्दैछ
शहरको नजिकै बनहरुमा
र,जल्दैछ
बनमाराको झाडिहरु
क्रम र उपक्रममा किन जल्दैन
सत्ताका बनमाराहरु?
म रेसम चौधरी
नेल्सन मन्डेला बनौला
तर,बन्दिन तिम्रो अघोसित
आत्मसमर्पणको कैदी।
मैले बोलेको हो।
म लगायतलाई बोल्न अभिप्रेरित गरेकै हो।
आजकाल लाटाहरुले बोल्छन।
अन्धाहरुले देख्छन।
बहिराहरुले सुन्छन।
आफ्नै अधिकार हनन हुन थालेपछी।
मुर्दाहरुले नारा लगाउछन।
म पनि रेसम चौधरी।






