मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
कृषिविज्ञ मदन राईलाई सात दिन हिरासतमा राख्न आदेश
कृषिविज्ञ मदन राईलाई सात दिन हिरासतमा राख्न आदेश
सोमवार जेष्ठ १, २०८०
खोटाङ- बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्) का संरक्षक एवं कृषिविज्ञ मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले आदेश दिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा आवासीयरुपमा बसेर पढ्ने बालिका र किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गत शुक्रबार फाउण्डेशनबाटै प्रक्राउ परेका संरक्षक राईमाथि अदालतले आइतबार सात दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो ।
पक्राउपछि प्रहरी हिरासतमा रहेका संरक्षक राईमाथि एक जना पीडितले बालयौन दुव्र्यवहारसम्बन्धी कसुरअन्तर्गत दिएको उजुरीसमेत दर्ता गरेर कारबाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।
“शुभम् फाउण्डेशनका संरक्षक मदन राईविरुद्ध एक जना पीडितले लिखित तथा तीन जनाले मौखिक उजुरी दिएका छन् । उहाँहरुले दिएको उजुरीको आधारमा कारबाहीको प्रक्रिया थालिएको छ”, उहाँले भन्नुभयो, “अहिले अनुसन्धानको क्रममा भएकाले केही भन्न सकिने अवस्था छैन । अनुसन्धानपछि थप पुष्टि हुँदै जानेछ । बाँकी तीन जनाले पनि लिखित उजुरी दिने बताएका छन् ।”






