साइकल रयालीसहित चुरे संरक्षण अभियान ।।।

0Shares

साइकल रयालीसहित चुरे संरक्षण अभियान ।।।

हेमप्रसाद पासवान २३ बैसाख भाल्टार । सिरहाको धनगढीमाई १३ स्थित भाल्टार डाँडाको छाप्रे होटल परिसरमा ” हामी सबै चुरे संरक्षणमा लागौं , आजैबाट संरक्षणमा जुटौं ” भन्ने मूल नाराका साथ चोहर्वा युवा क्लबको आयोजनामा चुरे वन संरक्षण अभियान सम्पन्न भएको छ ।

करिब बिहान ७ बजेको समयमा सिरहाको चोहर्वा स्थित रहेको श्री शेरगणबाट नेपाल आर्मीका सैनिक जवानको साइकल रयाली सहीत भएको कार्यक्रमको आयोजना चोहर्वा युवा क्लबद्वारा गरिएको थियो ।

स्थानीय छाप्रे होटल परिसरमा गरिएको कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहनुका साथै चोहर्वा कल्बका नितेश श्रेष्ठ लगायत पधाधिकारी ज्यूहरु ,समाजसेवी पत्रकार , स्थानीय युवा दिनेश यादव , तेजी लाल , लगायत नेपाल आर्मीका वरिष्ट अधिकारी ज्यूहरुकाे सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल खेलकुद सिरहाका अध्यक्ष श्रवन ठकुरी ज्यूको उद्घोषणमा संचालित कार्यक्रममा स्वागत मन्तब्य अमित ठकुरी ज्यूले राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै धनगढीमाई १४ का वाडा अध्यक्ष अमित ठकुरी ज्यूले खासगरी वडा नं १२,१३ र १४ अन्तर्गत रहेका चुरे संरक्षणमा आम स्थानियको महत्त्वपूर्ण भुमिका रहेको हुनाले यस अभियानलाई सकारात्मक सहयोग सबैतिरबाट आवस्यक रहेको धारणा राख्दै नेपाल आर्मीले देखाएको चासो प्रति धन्यवाद व्यक्त गर्नुहुदै आफू यस अभियानलाई निरन्तरता दिन लागिपर्ने बताउनु भएको छ ।

त्यस्तै वन संरक्षणका लागि आफूहरुले कुनै पनि कसुर बाँकी न राख्ने वडा नं १३ का अध्यक्ष सूर्यमान तामाङ ज्यूले बताउनु भएको छ ।

कार्यक्रममा वाडा नंबर १२ का अध्यक्ष जयप्रकाश ठाकुर ज्यूले चुरे क्षेत्रमा विगतका दिनहरुमा फडानी भएतापनि हालशालमा अतिक्रमण रोकिएको अवस्थामा यस अभियानले थप उर्जा मिल्ने बताउनु भएको छ ।

चुरे वनसंरक्षणको लागि आफु सधै तत्पर रहने बाचा माननिय शत्रुघनप्रसाद सिंहले गर्नु भएको छ ।

कार्यक्रममा आयोजक कमिटीद्वारा सहभागी अथिती ज्यूहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *