बाटाे नबन्दा पाल्हिनन्दनका स्थानीयलाई सास्ती

0Shares

बाटाे नबन्दा पाल्हिनन्दनका स्थानीयलाई सास्ती

सुरेश यादव,नवलपरासी/बैशाख १० ।

पश्चिम नवलपरासीको महेशपुर -परासी सडकखण्डकाे बाटाे निर्माण नहुँदा हरपुर देखि कुस्मा सम्म स्थानीयलाई सास्ती खेप्नुपरेको छ । उक्त सडकखण्ड १.५ कि.मी बन्दै गरेको सडक खण्डमा ठेक्कादारले सडकमा पानी नहाल्दा सडकको छेउमा रहेको स्थानीय हैरान भएका छ्न् ।

धुलोले सडक दिउँसै देखिन्न भने सडक किनारका घरमासमेत बस्नै नसक्ने स्थानीय मुकेश गुप्ताले बताउनुभयाे । धुलोले पाकेको खान खान नसकिने भएको छ । घरबाट बाहिर निस्कदा धुलोले केही देखिन्न गाडी आउँदा खतराको उच्च जोखिम देखिएको छ । घरको झ्याल ढोका खोल्नै हुन्न घरमा र पसलहरुमा धुलैधुलाे हुनेगरेकाे छ ।

स्थानीय जनताले निर्माणधीन सडकको धुलोका कारणले वडाअध्यक्षसंग हारगुहार गरें पनि पल्हिनन्दन गाउँपालिका-२ का वडाअध्यक्ष जगदीश प्रसाद गुप्ताले वडा नम्बर २ मा काम शुरु गर्दा वडाका जनप्रतिनिधिहरुसंग सम्पर्क नगरी मनोमान ढंगले ठेकेदार पक्षले काम शुरु गरेको बताउनुभयाे । स्थानीयको जनगुनासो पश्चात् वडाअध्यक्षले ठेकेदारलाई सम्पर्क गर्दा सम्पर्कमा नआएको बताउनुभयाे ।

सडक आयोजनाका इन्जिनियरलाई पत्रकारले सम्पर्कमा लिन खोजदा आउन चाहेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *