महेशपुर भन्सार कार्यालयले मिलेमतोमा लिलाम गरेकाे भन्सार छलेर ल्याइएका सामान!!!

0Shares

महेशपुर भन्सार कार्यालयले मिलेमतोमा लिलाम गरेकाे भन्सार छलेर ल्याइएका सामान

सुरेश यादव,नवलपरासी/ चैत २६ ।

पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले मिलेमतोमा सामान लिलाम गर्ने गरेको आरोप लाग्ने गरेको छ । राजश्व छलेर ल्याइएका सामानलाई भन्सार कार्यालयमा कर्मचारीको मिलेमतोमा लिलाम गर्ने गरेको आरोप लाग्ने गरेको हो । महेशपुर भन्सार कार्यालय भारतको उत्तर प्रदेशसँग सीमाना जाडिएको महेशपुर नाकामा छ । यस नाकाबाट दैनिक रुपमा भन्सार छलेर ल्याइएका सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा बुझाउने गरेको छ । त्यसरी बुझाइएका सामानलाई लिलाम गर्ने समयमा सम्पर्कमा रहेका तस्करी गर्ने व्यक्तिलाई बोलाएर सोहीअनुसारको कागज पत्र तयार गरी सामान मिलाइदिने गरेको बताइएको छ ।

पछिल्लो पटक शुक्रबार प्रहरीले बुझाएको २ हजार ९५० केजी सेतो केराउ लिलाम गर्ने क्रममा तोकिएको मितिभन्दा अघि र न्यूनतम् मूल्यभन्दा कममा लिलाम गरिएको छ । जसका कारण कर्मचारीको मिलेमतोमा लिलाम हुने गरेको आशंका गरिएको हो । प्रहरीले पाल्हीनन्दन गाउँपालिकाको गेर्मीबाट पिकअप भनेसहित उक्त केराउ बरामद गरेको थियो ।

भारतबाट ल्याउँदै गरेको अवस्थामा बरामद भएको केराउ सोही दिन प्रहरीले भन्सार कार्यालय बुझाएको हो । भन्सारले उक्त सामान लिलाम गर्नका लागि चैत २७ गते साढे ३ बजेदेखि साढे ४ बजेको समय तोकेर सूचना प्रकाशित गरेको थियो। प्रथम पटक प्रकाशित मिति चैत २७ गते नै भएपछि भन्सार कार्यालयले गल्ती भएको भन्दै २४ गते बनाएको छ ।  लिलाम हुने मिति भने २७ गते नै राखिएको छ ।
तर भन्सारले २७ गते नभइ २४ गते सोही दिन लिलाम गरेको हो। सूचनामा केराउको न्यूनतम मूल्य २ लाख ६ हजार ५ सय तोकिएको छ। लिलाम भने १ लाख १८ हजारमा गरिएको हो। मटर लिलामबारे भन्सार कार्यालयका प्रमुख बुद्धीकुमार चुँडालले कर्मचारीहरुको गल्तीका कारण प्रकाशित सूचना र लिलाम हुने मिति २४ गते हुनु पर्नेमा २७ गते भएको बताउनुभयाे ।

उहाँले एकै दिन तीन वटा सूचना निकालेको र अन्तिममा निकालिएको सूचनाअनुसार परेको कबोल अंकलाई केराउ सकार्न दिइएको बताउनुभयाे । ‘खाद्यन्न भएको र बिग्रन सक्ने भएकाले एकै दिन सूचना निकालेर लिलाम गरिएको हो । यसमा तलमाथि छैन ; उहाँले भन्नुभयाे ।

प्रहरी प्रतिवेदनमा केराउको मूल्य जति उल्लेख छ । त्यसैलाई न्यूनतम मानिएको र सूचनामा उल्लेख भएको मूल्यभन्दा कममा पनि दिन सकिने उनले बताए । त्यसैको आधारमा १ लाख १८ हजारमा लिलाम गरिएको उहाँको तर्क छ । भन्सार बुझाएकै दिन हतारमा लिलाम गरिएको प्रति स्वयं प्रहरीले पनि मिलेमतोको आशंका गरेको छ ।

‘केराउ केही दिन राख्दा पनि बिग्रिंदैन त्यसलाई भने हतारमा गरियो । छिटो बिग्रने चिनीलगायतका अरु सामान पनि छन् ।  त्यसबारे भने छिटो गर्नमा भन्सारले वास्ता गर्दैन । यो सबै मिलेमतोमा हो ; एक प्रहरी अधिकृतले दाबी गरे । केराउलगायतका सामान लिलाम गर्दा व्यवसायीहरु भन्सारका कर्मचारीको सम्पर्कमा हुने र उनीहरुलाई बोलाएर कागजी प्रकृया मिलाएर दिने गरेको ती प्रहरी अधिकृतले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *