थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
नदाफले रमजान मनाउन ज्याला गरेको पैसा मागेपछि ठेकेदारद्वारा अमानवीय व्यवहार..!!
नदाफले रमजान मनाउन ज्याला गरेको पैसा मागेपछि ठेकेदारद्वारा अमानवीय व्यवहार..!!
जिल्ला महोत्तरी लोहारपट्टी न.पा. वडा नं. ६ लोहारपट्टी चौक स्थित शिव आश्रममा मोबारक नदाफले दैनिक ज्याला मजदुरी गर्दै आएको थियो। ठेकेदार कृष्ण मिश्र भन्ने आनन्द कुमार मिश्रसंग काम गर्दा-गर्दै नदाफले रमजान मनाउन काम गरेको पैसा धैरै पटक माग्दा पनि ठिकेदार नदिएको रिसमा नदाफले काम गर्ने औजार लिएर आएपछि ठेकेदारले मेरो समान लिएर आउनु म पैसा दिन्छु भनेर आश्रममा नदाफलाई बोलाएर पैसा दिनुको सट्टा नदाफलाई चोरीको अरोप लगाएर कुटन थालियो। २३ गते विहान ८ः०० बजेको समयमा ठेकेदारले नदाफलाई घरबाट आफैं समातेर लोहारपट्टी चौकमा ल्याई नदाफको अनुहारमा कालो-मोसो दली हाथ बाँधी कपाल मुण्डन गरी गाउँ भरी अपमानित गरी अमानविय व्यवहार गरी अमानविय व्यवहार गरेकोले ठेकेदार उपर कार्यवाही होस् भनी स्थानियहरुले मांग गरेपछि ठेकेदारको गल्ति ठहरेकोमा जलेश्वर प्रहरीले आफ्नो हिरासतमा लिएको छ। नेपाल सरकारसंग अनुरोध छ कि यस्तो किसिमको मानसिकता भएका ब्यक्तिहरुको माथि धेरै भन्दा धेरै कडा सजाय हुनुपर्छ ।





