आदिवासी जनजातीलाई पहिचानको मुद्दा नछाड्न उपराष्ट्रपति पुनको सुझाव ।।।

0Shares

पहिचानको मुद्दा नछाड्न आदिवासी जनजातिलाई उपराष्ट्रपति पुनको सुझाव

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले पहिचानको मुद्दालाई नछाड्न आदिवासी जनजातिहरुलाई आग्रह गरेका छन् । संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिहरुले एकताबद्ध भएर सरकारलाई खबरदारी गरिरहनु पर्ने पनि उपराष्ट्रपति पुनको भनाइ थियो । 

काठमाडौंको कलंकीस्थित नेपाल मगर संघको भवन पुनर्निर्माण तथा सालिक अनावरण कार्यक्रममा शनिबार सम्बोधन गर्दै उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको पहिचान स्थापित गराउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
‘पहिचानको मुद्दालाई हामीले कहिल्यै पनि छोडनु हुँदैन । हाम्रा कतिपय मुद्दाहरु संविधान सम्बोधन हुने क्रममा छन् । त्यसका लागि हामीले संविधान संशोधनका लागि कोसिसहरु गर्ने नै छौं,’ उपराष्ट्रपति पुनले भने । उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको एकता टुट्यो भने उनीहरुले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने तर्क गरे ।

उनले नेपाल मगर संघले आदिवासी जनजाति योद्धाहरुको योगदानको स्मरण गर्दै अघि बढनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *