मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
यति एयरलाइन्स दुर्घटनाको रहस्य : दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा दुर्घटना

गत माघ १ गते काठमाडौं–पोखरा उडानका क्रममा दुर्घटनामा परेको यति एयरलाइन्सको दुर्घटनाको रहस्य खुलेको छ । ९एन–एएनसी एटीआर जहाज दुर्घटना लगत्तै गठित सरकारी छानबिन आयोगले जहाज अवतरण गर्ने क्रममा जहाजको बेस लेगमा दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको र दुर्घटना हुन पुगेको निष्कर्ष निकालेको हो ।
अवतरणका क्रममा इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा अत्यधिक घर्षण उत्पन्न हुने र जहाज ढुंगा जसरी तल झर्ने आयोगको भनाइ छ ।
यद्यपि, उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्नेबारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाइएको छ ।
गत माघ १ गते काठमाडौंबाट ४ जना चालकदलसहित ६८ जना यात्रु बोकेर पोखरा उडेको यति एयरलाइन्सको ९एन–एएनसी एटीआर जहाँज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोजमा दुर्घटना ग्रस्त हुन पुगेको थियो । जहाजमा सवार ७२ जनाकै मृत्यु भएको थियो ।




