वैदेशिक रोजगारीको प्रलोभनमा लाखौँ ठगी दोलखाका एकसहित पाँच जना पक्राउ
2026-08-26विराटनगर–रानीमा सडकमा खुला छाडिएका १८ बाख्रा नगर प्रहरीको नियन्त्रणमा
2026-08-26
Wednesday, August 26, 2026
भारतले २ अर्ब रुपैयाँ बढायो नेपाललाई दिने आर्थिक सहायता

भारतले आगामी आर्थिक वर्ष सन् २०२३/२४ मा नेपाललाई दिने आर्थिक सहायता बढाएको छ ।
भारतकी वित्तमन्त्री निर्मला सितारमणले गरेको बजेट भाषणअनुसार नेपाललाई दिने आर्थिक सहायता १ अर्ब २५ करोडले बढाइएको हो ।
यसको अर्थ नेपालले आगामी आर्थिक वर्षमा चालू वर्षको आर्थिक सहायताको तुलनामा २ अर्ब रुपैयाँ बढी आर्थिक सहायता पाउनेछ ।
चालू वर्षमा भारत सरकारले गत वर्ष नेपाललाई ६ अर्ब ८० करोड पैयाँ (४ अर्ब २५ करोड भारु) अनुदान दिएको थियो ।
यसमा २ अर्ब रुपैयाँ बढाएर भारतले आगामी आर्थिक वर्षमा ८ अर्ब ८० करोड रुपैयाँ (५ अर्ब ५० करोड भारु) अनुदान दिनेछ ।





