नेपाल हरित गृह कार्यक्रम अन्तर्गत कृषकलाई कृषि सामग्री वितरण
2026-08-26विपन्न तथा अपाङ्ग रत्नबहादुर जिरेललाई ३० हजार सहयोग
2026-08-26
Wednesday, August 26, 2026
धनुषा प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक जना बिचौलियालाई पक्राउ गरेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट जनकपुरधाम उपमहानगरपालिका १२ हनुमाननगरका ६० वर्षीय राम नारायण साहलाई पक्राउ गरेको हो ।
सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने र दिने कार्यमा बाधा पु¥याई उनीहरुसँग बार्गेनिङ गरी छिटो छरितो काम गरिदिने भनी आश्वासन दिएर ठगेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।
पक्राउ गरिएका साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।





